गीत संगीत देखि टाढा हुन यो मनले मान्दैन: कृष्ण लामिछाने

गोर्खा जिल्लामा जन्मिएका कृष्ण लामिछाने निरन्तर गीत संगीतमा आवद्ध छन् । उनको आवाजमा निकै मिठास छ।गायकी सँगसँगै उनले नयाँ गीत सिर्जना र मुख्य पेसाको रुपमा एरेन्ज/मिक्सिङ्ग गर्दै आएको पाइन्छ । बिहान उठेदेखि रातिसम्म निकै व्यस्तता भएको देखिन्छ । समाचार पोष्टको लागि भिम विश्वकर्माले गायक तथा एरेन्जर कृष्ण लामिछानेसँग गरेको कुराकानी…..

हजुरको दैनिकी कसरी बित्दैछ?
-गीत संगितमै छु पछिल्लो केही बर्ष देखि प्राविधिक पाटोमा लागेको हुनाले एरेन्ज/रेकर्डिङ्ग/मिक्सिङ्गमै दिनहरू बित्दैछन। रातिको समयमा दोहोरी साँझमा काम गरिरहेको छु।विशेषत गीत संगित भन्दा फरक बाटोमा छैन यसमै रमाइरहेको छु।

हजुरले सबै काम गर्नुहुन्छ तर सबैभन्दा के काममा मज्जा लाग्छ?
-हुनत म गायक बन्छु भनेर काठमाडौ आएको थिए लगभग २ दर्जन जति गीतमा आवाज भरेको छु। आफुले आवाज दिएका गीतहरु त्यति दर्शक श्रोताको नजरमा नपरेको भएपनि गीत गाउन पाउँदा आनन्द लाग्छ । त्यसैगरी गीत एरेन्ज गर्ने काम तिर पनि लागेको हुनाले अहिले एरेन्ज गर्ने काम पनि आनन्द लाग्छ । एरेन्ज गरेका केही गीतहरु अलि बढी चर्चामा पनि छन् ।जसले गर्दा गायक सँगसँगै एरेन्जर कृष्ण लामिछाने भन्ने पनि छुट्टै पहिचान बनेको छ ।

गीत चल्न के कुराले अलि बढी महत्त्व राख्छ?
-विशेषगरी गीत आफैमा बलियो हुनुपर्छ अडियो देखि भिडियो सम्म र जनमानसमा सुन्ने बित्तिकै मन छुने हुनुपर्छ । केही फरक हुन पर्यो ।कुनै गीत राम्रो हुँदाहुँदै पनि चल्दैन गीत चल्नलाई यहीँ कुराले चल्छ भन्ने त्यस्तो केही अवस्था छैन।तर सिर्जना आफैमा सुन्दर हुनुपर्छ ।

तपाईंलाई अहिले गीत संगीतको बजार कस्तो भए जस्तो लाग्छ ?
-पछिल्लो समय संगित क्षेत्र पनि धरासायी बन्दै गएको छ नेपालमा आर्थिक मन्दीले लाखौँ जनता विदेशीएका छन।यसले सबै क्षेत्रमा असर गरेको छ हाम्रो क्षेत्र पनि चोखो रहने कुरा भएन।पहिला जस्तो चलाएमान अलि छैन कि भन्ने मैले महसुस गरेको छु ।कति साथी त यस क्षेत्रबाट पनि पलाएन हुने अवस्था आइसकेको छ ।।गीत संगीत गर्न निकै खर्चिलो छ पछि फिर्ता के कति आउन्छ भन्न सकिदैँन आएपनि निकै कम आउने गर्छ।चलेको कलाकारलाई मेला महोत्सवले बाच्ने आधार दिएको छ।

तपाईंका गीत हेर्न चाहानेले कसरी हेर्न पाउन्छन ?
कृष्ण लामिछाने भनेर युटुबमा गएर सर्च गर्न सक्नु हुन्छ र मेरो आफ्नै युटुब च्यानल पनि छ त्यसमा पनि जोडिन सक्नु हुन्छ मेरो फेसबुक तिर पनि जोडिनु भयो भने त्यता बाट पनि मेरो गीत हरु सुन्न हेर्न सक्नु हुनेछ

के तपाईंलाई यहीँ क्षेत्रबाट सधैं बाच्न सकिएला भन्ने हुन्छ ?
-सकिन्छ यदि निरन्तर काम गर्न सकियो भने काम निरन्तर पाउन सक्नुपर्छ।मेहनत निरन्तर गर्न सक्नुपर्छ भएको पैसालाई पनि बचत गर्न सक्नुपर्छ।पैसा जागिर गरे जसरी आउने त होईन काम पाउँदाको दिन आउन्छ नपाउँदाको दिन आउँदैन।यसलाई बुझेर सधैं एकनास हिसाबले जिन्दगी चलाउन पर्छ।

अन्तिममा के भन्न चाहानु हुन्छ?
-मलाई र मेरो कामलाई माया गर्ने सबै प्रति सधैं आभारी छु।यहीँ क्षेत्रमा सधैं काम गर्न पाइयोस्।मेरा कुरा राख्ने अवसर दिने तपाईंलाई पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?