अब नेपाली नागरिकता देखाएरै भारतमा सिमकार्ड किन्न पाइने

काठमाडौं । अब नेपाली नागरिकहरूले भारतमा सहज रूपमा भारतीय सिमकार्ड लिन पाउने भएका छन् । भारतको सञ्चार मन्त्रालय अन्तर्गतको दूरसञ्चार विभागले नेपाल र भुटानका नागरिकहरूका लागि सिमकार्डको केवाईसी इन्स्ट्रक्सन संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो ।

योसँगै अब नेपालबाट सिधै भारतमा जाने नेपालीहरूले आफ्नो राहदानी, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सिम लिन सक्नेछन् । यद्यपि नेपालबाहेक अन्य स्थानबाट भारतमा प्रवेश गर्दा वैध भिसा र टिकटसहितको राहदानी अनिवार्य देखाउनु पर्नेछ ।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतमा नेपालीहरूले सिमकार्ड लिन सास्ती भोग्नुपरेको भन्दै यसको अन्त्यका लागि औपचारिक अनुरोध गरेपछि केही हप्तामै भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले यस्ताे कदम चालेको बताएका छन् ।

सिम कार्डको भ्यालिडिटी भने बसाइँ अवधि वा भिसा वैधतामा सीमित हुने बताइएको छ । यसअन्तर्गत भारतमा लामो समयसम्म बस्ने भएपनि एक पटकमा सिमकार्डको भ्यालिडिटी अधिकतम तीन महिनासम्मको हुनेछ ।

यस्तो सिममा  अन्तर्राष्ट्रिय रोमिङ अनुमति हुनेछैन । साथै अपरेटरहरूले भारतीय नियामकसँग सिमकार्डका ग्राहकहरूको विवरण पेश गर्नुपर्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?