हस्ताक्षर किर्ते प्रकरण : अविलम्व दोषी पहिचान गरी सार्वजनिक गर्न रास्वपा अर्घाखाँचीको माग

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं. ९ सान्डेभामा रहेको चुनढुंगा सञ्चालनको लागि भूगर्भ विभागमा नगरले पठाएको पत्रमा हस्ताक्षर, लेटरप्याड तथा छाप किर्ते भएको घटनाको छानविन गरी दोषी सार्वजनिक गर्न राष्ट्रिय स्वतन्त्र पाटी अर्घाखाँचीले माग गरेको छ । 

रास्वपा अर्घाखाँचीले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । नेपालको मुलुकी ऐन बमोजिम सरकारी छाप, लेटरप्याड तथा हस्ताक्षर दुरुपयोग दण्डनीय रहेको भनी व्यवस्था गरेको भएपनि उक्त किर्ते कागज तयार पार्ने कार्यमा संलग्न रहेकाहरूको पहिचान तथा दण्डको सम्बन्धमा पालिकाले सक्रियता नदेखाउनुले थप संशय उत्पन्न गरेको रास्वपाको ठहर छ ।

“उक्त कार्यमा संलग्नको पहिचान गरी अविलम्व कारवाहीको लागि जोडदार माग गर्दछौँ ।” विज्ञप्तिमा भनिएका छ, “जिल्लाकै बदनाम हुनेगरि, समग्र पालिकावासीको चरित्र हत्या हुनेगरि भएको उक्त अपराधको घटनाले समग्र हामी जिल्लावासीहरूको शिर निहुरिएको छ ।”

घटनाको छानविन गरी दोषीलाई कारवाहीको लागि पहल गर्न ढिलाई गरेको भन्दै पालिकाकै संस्थागत हात रहेको त छैन भन्ने आशंका गर्ने ठाउँ दिएको रास्वपाले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?