पाणिनि तपोभूमिलाई विश्वमाझ चिनाउन काठमाडौंमा बन्यो ३१ सदस्यीय समिति

समाचार सारांश
Auto Generated by AI
  • विश्वका महान् व्याकरणका प्रणेता महर्षि पाणिनिको तपोभूमि संरक्षण गर्न काठमाडौंमा ३१ सदस्यीय समिति गठन गरिएको छ।
  • प्राध्यापक डा. मोहन पन्थीको नेतृत्वमा गठित उक्त समितिले तपोभूमिको ऐतिहासिक र सांस्कृतिक महत्त्वको संवर्द्धन गर्नेछ।
  • यस स्थललाई विश्वकै प्रमुख प्राज्ञिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य समितिले लिएको छ।

काठमाडाैं । विश्वकै वैज्ञानिक व्याकरणका प्रणेता महर्षि पाणिनिको साधना, ज्ञान र ऐतिहासिक योगदानसँग जोडिएको पवित्र स्थल ‘पाणिनि तपोभूमि’को संरक्षण, संवर्द्धन र विश्वव्यापी प्रचारका लागि काठमाडौंमा उपत्यकास्तरीय विशेष समिति गठन गरिएको छ। असार ६ गते राजधानीमा आयोजित सरोकारवालाहरूको एक विशेष छलफल तथा भेलाले प्रा. डा. मोहन पन्थीको संयोजकत्वमा ३१ सदस्यीय ‘पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन समिति’ सर्वसम्मत चयन गरेको हो।

नवगठित समितिको सहसंयोजकमा धनञ्जय पौडेल र धनञ्जय पौडेल, महासचिवमा डा. विदुर शर्मा वस्ती, सचिवमा यदुनाथ पोखरेल र कोषाध्यक्षमा दीपकराज गौतम चयन भएका छन्। पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष पुस्करराज पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आध्यात्मिक अभियन्ता तथा उत्प्रेरक विद्वान गुरु चैतन्य कृष्ण महाप्रभुको प्रमुख आतिथ्यता रहेको थियो।

तपोभूमिका अन्तर्राष्ट्रिय समितिका संयोजक नेत्रबन्धु पोखरेलको विशेष पहलमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न प्रज्ञिक, राजनीतिक एवं सरोकारवाला व्यक्तित्वहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका वक्ताहरूले पाणिनि तपोभूमि केवल एउटा धार्मिक स्थल मात्र नभएर विश्व भाषा विज्ञान र व्याकरणको उद्गम थलो भएको कुरामा जोड दिएका थिए। नवनिर्वाचित समितिले अब उपत्यकास्तरबाटै योजनाबद्ध रूपमा तपोभूमिको ऐतिहासिक एवं सांस्कृतिक धरोहरको रक्षा गर्दै यसलाई विश्व समुदायमाझ एउटा प्रमुख प्राज्ञिक तथा पर्यटकीय गन्तव्यका रूपमा उजागर गर्ने संकल्प लिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?