काठमाडौं ।
महर्षी दिपक प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । रामनवमीको पावन अवसर पारेर काठमाडौमा उक्त सम्मान गरेको हो ।
नेपाल राष्ट्रका लागि अतुलनिय योगदान दिनुभएका वरिष्ठ लेखक डा. शास्त्रदत्त पन्त, वरिष्ठ चिकित्सक डा. मनोहरलाल श्रेष्ठ तथा लोकप्रिय समाजसेवी डा. सुरेन्द्र ढकाललाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । गोरखनाथ मठका महन्त योगी शीर्षनाथज्यूको उपस्थितिमा महर्षी दिपक प्रतिष्ठनले सम्मान व्यक्त गरेको हो । उक्त कार्यक्रमका सम्मानित व्यक्तित्वहरुबाट राष्ट्रको अवस्था र आउने सम्भावनाका बारेमा चर्चा परिचर्चासँगै राष्ट्र्गुरु योगी नरहरिनाथको योगदानका विषयमा चर्चा गरिएको थियोे ।
उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष श्री दिपक बानियाले गर्नुभएको थियो भने कार्यक्रममा विश्व हिन्दु युवा सँघका संगठन विभाग प्रमुख घनश्याम मिश्र र अन्तर्राष्ट्रिय तथा आर्थिक विभाग प्रमुख सुवास पौडेलको समेत सहाभागिता रहेको थियो ।












