back to top
IPL 2024
IPL 2024
२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

अर्घाखाँची बस दुर्घटना अपडेट : १ को मृत्यु , १७ जना घाईते

spot_img

अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

Workplace

जिल्लाको शितगंगा नगरपालिकामा बिहिबार भएको बस दुर्घटनामा परि दुर्घटनामा परि १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा शितगंगा ८ लाहापेका १३ वर्षिय प्रज्वल बुढाथोकी रहेका छन । दुर्घटनामा गम्भीर घाईते भएका बुढाथोकीको गएराति चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

सुपादेउराली दर्शन गरी दाङ जाँदै गरेको रा १ ख १५०५ नम्बरको बस गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा ४ कोप्चिबासमा दुर्घटनामा परेको थियो । घाईते सबै दाङ गढवा १ का रहेका छन् । घाइते १७ जनाको बुटवलमा विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिए ।

बस ओरालो सडकमा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?