अर्घाखाँची बस दुर्घटना अपडेट : १ को मृत्यु , १७ जना घाईते

अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शितगंगा नगरपालिकामा बिहिबार भएको बस दुर्घटनामा परि दुर्घटनामा परि १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा शितगंगा ८ लाहापेका १३ वर्षिय प्रज्वल बुढाथोकी रहेका छन । दुर्घटनामा गम्भीर घाईते भएका बुढाथोकीको गएराति चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

सुपादेउराली दर्शन गरी दाङ जाँदै गरेको रा १ ख १५०५ नम्बरको बस गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा ४ कोप्चिबासमा दुर्घटनामा परेको थियो । घाईते सबै दाङ गढवा १ का रहेका छन् । घाइते १७ जनाको बुटवलमा विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिए ।

बस ओरालो सडकमा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?