लुम्बिनी प्रदेश समन्वय परिषद कतारको तेस्रो अधिवेशन सम्पन्न ( फोटोफिचर)

दोहा, कतार । “ हामी परदेशिको चाहना ,समृद्ध प्रदेश हाम्रो कामना” भन्ने मूल नाराका साथ सन् २०१८ मा कतारमा स्थापित लुम्बिनी प्रदेश समन्वय परिषद कतारको तेस्रो अधिवेशन सनैया स्थित फुलबारी रेस्टुरेन्टको हलमा खुल्लासत्र र बन्दसत्र गरि दुई भागमा भव्य रुपमा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व र नेपाली दूतावास कतारका कार्यबाहक राजदुत कुमार राइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गैर आवासीय राष्ट्रिय समन्वय परिषद कतार, एनआरएनए अभियान्ता ज्युहरु, विभिन्न वैचारिक ,धार्मिक ,जातिय र वर्गिय संगठनहरु, दोहामा स्थापित सम्पुर्ण प्रदेश तथा जिल्ला संघ- संस्थाहरु , समाजका अग्रज र बुद्धिजीवी वर्गहरु, पत्रकार , कलाकार लगायत दोहामा रहेका सम्पुर्ण लुम्बिनी प्रदेशवासी तथा गैह्र लुम्बिनी वासिहरुको भव्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले संस्थाले गरेका राम्रा कार्यहरुको प्रशंसा गर्दै भएका कमजोरीहरुलाई सुधार गर्दै जानुपर्ने सुझाव समेत दिएका थिए ।लुम्बिनी भन्नासाथ शान्तिका प्रतीक भगवान गौतम बुद्धको झझल्को आउने कुरा बताउँदै यहाँहरुले पनि हरेक कदम चाल्दा बुद्धको सम्झना गर्दै शान्त र शालिन भएर गर्नुपर्ने बताए ।

परिषदका प्रमुख संरक्षक कमलमणि गुरागाईले आफ्नो मन्तव्यका क्रममा हामीले लुम्बिनी प्रदेशलाई चिनाउने खालका थुप्रै कुराहरु गर्ने योजना बनाएतापनी समय र परिस्थितिको प्रतिकुलताले सम्पन्न गर्न नसकेको स्विकार्दै ती सम्पुर्ण योजनाहरु यथाशक्य पूर्ण गर्न लागि पर्ने बताएका थिए। त्यस्तै गरि कार्यक्रममा आफ्ना भनाइहरु राख्दै प्रमुख अतिथी राइले अतिथी सत्कारमा पिपलको पात लगाइएकोमा खुशी लागेको बताउँदै लुम्बिनी परिषद कतारको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।अब लुम्बिनी प्रदेशलाई पोखरा जस्तै पर्यटकिय र धार्मिक स्थलको रुपमा विकास र प्रचारप्रसार गर्नुपर्नेमा जोड समेत दिएका थिए ।

खुल्लासत्रको समापन गर्दै सभापती पाण्डेले आफुले जुन सोंचका साथ संस्थाको नेतृत्व लिएको थिएँ ती कुराहरुमा आफुले सक्दो राम्रो गर्ने प्रयत्न गरेको बताउँदै आफ्नो पाँच वर्ष चार महिना लामो कार्यकालमा हरेक तवरले सहयोग गर्नुहुने सम्पुर्ण संघ-संस्थाहरु, र व्यक्तित्वहरुलाई धन्यवाद प्रकट गरेका थिए। साथै अब बन्ने नयाँ कमिटिलाई शुभकामना दिँदै आजको कार्यक्रम सफल बनाउन निमन्त्रणालाई स्विकार गर्दै उपस्तिथि जनाउनुहुने सम्पुर्ण अतिथिहरु , संघ-संस्थाहरु , पत्रकारहरु,कलाकारहरु साथै सम्पुर्ण कार्यसमिति टिम प्रती हार्दिक आभार सहित धन्यवाद प्रकट गरेका थिए ।

उक्त अधिवेशनबाट आगामी एक कार्यकालका लागि डिल्लीराम भट्टराईको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् ।
जसमा उपाध्यक्षहरु क्रमशः
१ ) टेकराज थापा -उपाध्यक्ष
२ ) सजन लौडारी -उपाध्यक्ष
३ ) मनिषा खड्का -उपाध्यक्ष
४ ) झबिन्द्र आचार्य – उपाध्यक्ष
५ ) देबराज पून – महासचिव
६ ) बिबस बेलबासे – सचिव
७ ) श्रीधर आचार्य – सचिव
८ ) बिश्वनाथ भट्टराई – कोषाध्यक्ष
९ ) सिताराम सुनार – सह-कोषाध्यक्ष
१०) नारायण बस्याल – सदस्य
११) लक्ष्मण पौडेल – सदस्य
१२) बालाराम पाण्डे – सदस्य
१३) बिष्णु बहादुर शाही – सदस्य
१४) टिकाराम गौतम(अमित) – सदस्य
१५) शिबलाल केसि – सदस्य
१६) श्रीधर पौडेल – सदस्य
१७) दिपेन्द्र थापा – सदस्य
१८) शुमन गिरि – सदस्य
१९) चिन्तामणी भुशाल – सदस्य
अधिवेशनबाट अनुशासन समिती संयोजकमा कमल अर्याल र शंकर प्रसाद न्यौपाने -लेखा समिती संयोजकमा चयन भएका छन् ।

परिषदका वरिष्ठ उपाध्यक्ष डिल्लीराम भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण महासचिव टेकराज थापाले गरेका थिए ।

No description available.

No description available.No description available.

No description available.

No description available.

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?