अर्घाखाँची । अर्घाखाँचीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ६ मा पानीमा डुबेर एक महिलाको मृत्यु भएको हो । शितगंगा नगरपालिका वडा न. ६ माइत आएकि सन्धिखर्क डिहिडाडा निवासी १९ बर्षिय मिरा नेपालीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनकारी दिएको छ ।
साथीहरुसँग स्थानीय खोलामा रहेको भुतिया रहमा पौडिखेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरिले जनाएको छ ।
नेपालीकि ८ महिनाकि छोरी रहेकि छिन भने श्रीमान रोजगारको लागि भारतमा रहेका छन ।