back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

लायन्स क्लव अफ अर्घाखाँचीद्वारा राहत सामाग्री हस्तान्तरण

spot_img

अर्घाखाँची । लायन्स क्लव  अफ अर्घाखाँचीले भुमिकास्थान नगरपालिकाका  वडा नं. ३ र ४ का आगो लागी पिडितहरुका लागी  राहत सामाग्री वितरण गरेको छ ।

गत वैशाख ८ गते भीषण आगलागी भै अरुको आश्रय लिने गरि घरबास गुमाएका भूमिकास्थान (३ र ४ धारापानीका) अग्नीपीडित हरुलाई लायन्स क्लब अफ अर्घाखाँचीले लत्ताकपडा कपडा सहयोग गरेको छ । आगो लागी वाट पिडित १२ घर परिवारहरुको लागी डोसेना १२ थान,सिरानी २४थान, सिरानीको खोल ४८ थान,तन्ना १२ थान ,थाल ३६ वटा,गिलास ३६ वटा,कचौरा ३६वटा, जग १२ वटा र पि र्फम २४ मिटर हस्तान्तरण गरिएको लायन्स क्लव अफ अर्घाखाँचीका अध्यक्ष प्रकाश परियारले जानकारी दिए ।

राहत वितरणमा लायन्स क्लबका रिजन चेयरप्रसन हरी प्रसाद भुसाल, डिस्ट्रक चेयरप्रशन कृष्ण प्रसाद भुसाल, क्लबका अध्यक्ष प्रकाश परियार, क्लबका सदस्य गोमा सापकोटा रेग्मी, दुर्गा बहादुर वि.क., लेखनाथ भुसाल लगायतको टोलि पुगेर राहत हस्तान्तरण गरेको हो । वितरण समारोहमा भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झवि थापा,उपप्रमुख  बालकृष्ण बन्जाडे संगै वडाअध्यक्षको उपस्थिती रहेको थियो ।

मानव सेवामा सर्मपित  संस्था लायन्स क्लव अफ अर्घाखाँचीले जिल्लामा धेरै स्थानमा गरिव दुखि पडितहरुलाई सहयोग गदै आएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?