संस्कृत ब्याकरणका रचयिता महर्षी पाणिनीको तपोस्थल पाणिनी तपोभूमि विकासको पखाईमा रहेको छ । विश्वको पुरानो र सर्बश्रेष्ठ भाषाको रुपमा रहेको सस्कृत व्याकरणको उत्पत्ती भएको मानीएको यस क्षेत्रमा येथेष्ठ विकास हुन सकेको छैन ।
अर्घाखाची जिल्लाको पाणिनी गाउंपालीका १ मा रहेको धार्मीक तथा पर्यटकीय क्षेत्र पाणिनी तपोभूमिमा पाणिनी ऋषीले सीद्दी प्राप्ती गर्नु भएको थियो ।
धार्मिक र प्राज्ञीक ईतीहास वोकेको यस क्षेत्र जंगलको विचमा भएकाले पनी जडीवुटीको खानी रहेको अनुमान सहजै गर्न सकीन्छ । हावापनी र भौगोलीक हिसावले पर्यटन विकासका लागी महत्वपुर्ण रहेको पाणिनी क्षेत्रको पर्याप्त विकास हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।
हावापनी संगै पहाडको उच्च भागमा रहेकाले यस क्षेत्रवाट मनै लोभ्याउने हीमश्रृखला देखीनुका साथै तराईको समथर भुभाग सजीलै देख्न सकीन्छ ।
स्थानीय वुद्दीजीवी मणीराज गौतमका अनुसार ४ हजार वर्ष पहिले तक्षशिला हालको अफगानीस्थानमा जन्मिएका पाणिनी ऋषीले शिवजीको तपस्या गरेपछी १४ सुत्रको व्याकरण निमार्ण गर्नु भएको थियो । सोही ब्याकरणका आधारमा विश्वमा भाषाहरुको निमार्ण भएको हो । त्यसैले यस भूमिको ऐतिहासिक ,प्राज्ञीक र पौराणीक सम्वन्ध रहेको छ । पाणिनी सहीत धेरै ऋषीहरुले त्यस क्षेत्रमा तपस्या गर्नु भएको थियो ।
पहाडको टापुमा समथर भागमा करीव ७ हजार रोपनीमा फैलीएको सो क्षेत्र धार्मिक तथा पर्यटकिय हिसावले महत्वपुर्ण मानिन्छ ।
पाणिनी तपोभुमीको विकासका लागी गाउंपालीकाले गुरु योजना वनाएर विकास गर्ने लक्ष्य लिएको भएतापनी प्रयाप्त हुन सकेको छैन । गुरुकुल शीक्षा सन्चालन, योगशाला निर्माण, गौलाशाला निमार्ण, डकुमेन्ट्री फनपार्क , आश्रम निमार्ण गर्नुका साथै, जैविकविविधता संरक्षण गर्ने सोच रहेको पाणिनी गाँउपालिका प्रमुख टेकराज न्यौपानेले बताए ।
निकै महत्वको क्षेत्र भएरपनी ओझेमा परेको पाणिनी तपोभूमि क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।
धार्मिक, पर्यटकीय तथा प्राज्ञीक क्षेत्र पाणिनीको विकास वाट यस क्षेत्र संगै मुलुककै आर्थिक गतिविधि वढ्नुका साथै पर्यटन व्यबसाय फस्टाउने स्थानीय नारायण पोख्रेलको भनाइ रहेको छ ।
भाषाको ब्याकरणको अस्तित्व संस्कृत ब्याकरण बाटै भएको र चार वेदपनी तिनै ब्याकरणका आधारमा निमार्ण भएको मानिन्छ । भाषाको प्राद्र्घभाव भएको स्थल भएकाले यो क्षेत्र विश्वको भाषाबिज्ञानको अध्ययनको स्थल भएकाले पनी यस क्षेत्रलाई महत्वका साथ हेरीनुपर्ने स्थानियको भनाइरहेको छ ।
तपोभूिम स्थल पाल्पाको सदरमुकाम तानसेनवाट ३८ किमी ,सन्धिखर्कवाट ३६ कि मी, र रुपन्देहीको सालझण्डिवाट २४ कि मीको दुरीमा पर्दछ ।