ओझेलमा पाणिनी तपोभूमि

संस्कृत ब्याकरणका रचयिता महर्षी पाणिनीको तपोस्थल पाणिनी तपोभूमि विकासको पखाईमा रहेको छ । विश्वको पुरानो र सर्बश्रेष्ठ भाषाको रुपमा रहेको सस्कृत व्याकरणको उत्पत्ती भएको मानीएको यस क्षेत्रमा येथेष्ठ विकास हुन सकेको छैन ।

अर्घाखाची जिल्लाको पाणिनी गाउंपालीका १ मा रहेको धार्मीक तथा पर्यटकीय क्षेत्र पाणिनी तपोभूमिमा पाणिनी ऋषीले सीद्दी प्राप्ती गर्नु भएको थियो ।

धार्मिक र प्राज्ञीक ईतीहास वोकेको यस क्षेत्र जंगलको विचमा भएकाले पनी जडीवुटीको खानी रहेको अनुमान सहजै गर्न सकीन्छ । हावापनी र भौगोलीक हिसावले पर्यटन विकासका लागी महत्वपुर्ण रहेको पाणिनी क्षेत्रको पर्याप्त विकास हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।

हावापनी संगै पहाडको उच्च भागमा रहेकाले यस क्षेत्रवाट मनै लोभ्याउने हीमश्रृखला देखीनुका साथै तराईको समथर भुभाग सजीलै देख्न सकीन्छ ।

स्थानीय वुद्दीजीवी मणीराज गौतमका अनुसार ४ हजार वर्ष पहिले तक्षशिला हालको अफगानीस्थानमा जन्मिएका पाणिनी ऋषीले शिवजीको तपस्या गरेपछी १४ सुत्रको व्याकरण निमार्ण गर्नु भएको थियो । सोही ब्याकरणका आधारमा विश्वमा भाषाहरुको निमार्ण भएको हो । त्यसैले यस भूमिको ऐतिहासिक ,प्राज्ञीक र पौराणीक सम्वन्ध रहेको छ । पाणिनी सहीत धेरै ऋषीहरुले त्यस क्षेत्रमा तपस्या गर्नु भएको थियो ।

पहाडको टापुमा समथर भागमा करीव ७ हजार रोपनीमा फैलीएको सो क्षेत्र धार्मिक तथा पर्यटकिय हिसावले महत्वपुर्ण मानिन्छ ।

पाणिनी तपोभुमीको विकासका लागी गाउंपालीकाले गुरु योजना वनाएर विकास गर्ने लक्ष्य लिएको भएतापनी प्रयाप्त हुन सकेको छैन । गुरुकुल शीक्षा सन्चालन, योगशाला निर्माण, गौलाशाला निमार्ण, डकुमेन्ट्री फनपार्क , आश्रम निमार्ण गर्नुका साथै, जैविकविविधता संरक्षण गर्ने सोच रहेको पाणिनी गाँउपालिका प्रमुख टेकराज न्यौपानेले बताए ।

निकै महत्वको क्षेत्र भएरपनी ओझेमा परेको पाणिनी तपोभूमि क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

धार्मिक, पर्यटकीय तथा प्राज्ञीक क्षेत्र पाणिनीको विकास वाट यस क्षेत्र संगै मुलुककै आर्थिक गतिविधि वढ्नुका साथै पर्यटन व्यबसाय फस्टाउने स्थानीय नारायण पोख्रेलको भनाइ रहेको छ ।

भाषाको ब्याकरणको अस्तित्व संस्कृत ब्याकरण बाटै भएको र चार वेदपनी तिनै ब्याकरणका आधारमा निमार्ण भएको मानिन्छ । भाषाको प्राद्र्घभाव भएको स्थल भएकाले यो क्षेत्र विश्वको भाषाबिज्ञानको अध्ययनको स्थल भएकाले पनी यस क्षेत्रलाई महत्वका साथ हेरीनुपर्ने स्थानियको भनाइरहेको छ ।

तपोभूिम स्थल पाल्पाको सदरमुकाम तानसेनवाट ३८ किमी ,सन्धिखर्कवाट ३६ कि मी, र रुपन्देहीको सालझण्डिवाट २४ कि मीको दुरीमा पर्दछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?