अनुदानमा कृषि यन्त्र बाढ्दै सन्धिखर्क नगरपालिका

अर्घाखाँची ,  अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषकको सहजतका लागी कृषि औजार बितरण गरेको छ ।
काम गर्ने दक्ष जनशक्तिको अभावमा खेतियोग्य जमिन बाँझिदै जान थालेपछि नगरपालिकाले कृषिमा यन्त्रिकरण गर्न थालेको हो ।
सन्धिखर्क नगरपालिकाको नीति तथा कार्यक्रममा स्विकृत योजना अन्तर्गत किसानलाई हातेट्याक्टर (मिनिटेलर), कुटानी–पिसानी (कम्बाइन मिल) र मकै छोडाउने मेसिन (कर्न सेलर) प्रदान गरिएको हो ।

नगरपालिकाले ६० प्रतिशत अनुदानमा १२ वटै वडामा ५ सय जना किसानलाई सेवा दिनेगरी सहकारी, समूह र कृषि फार्मलाई ३० वटा कुटानी पिसानी मेशिन, १४ वटा हाते ट्याक्टर र ६ वटा मकै छोडाउने मेशिन हस्तान्तरण गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन बजेटबाट १५ लाख ३४ हजार बराबरको कृषि औजार किसानलाई अनुदानमा प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो ।

“किसानले प्रविधि भित्राउदा कम जनशक्ति र कम खर्च हुन्छ, लागत घटेपछि किसानलाई नाफा हुन्छ, कृषिमा लगाव बढ्छ” प्रमुख प्रशासकिय अधिकृत भुसालले भन्नुभयो “युवा पलायनले गाउँमा काम गर्ने मानिस नहुँदा कृषि उत्पादन र बजारिकरणमा समस्या छ, त्यसैलाई मध्यनजर गरेर हामीले कृषि औजार अनुदानमा दिएका छौं ।” अनुदानमा कृषि औजार पाउदा आफुहरु निकै खुसी भएको सन्धिखर्क नगरपालिकाका अगुवा कृषक शोभाखर अधिकारीले बताउनुभएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?