अनुदानमा कृषि यन्त्र बाढ्दै सन्धिखर्क नगरपालिका

अर्घाखाँची ,  अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषकको सहजतका लागी कृषि औजार बितरण गरेको छ ।
काम गर्ने दक्ष जनशक्तिको अभावमा खेतियोग्य जमिन बाँझिदै जान थालेपछि नगरपालिकाले कृषिमा यन्त्रिकरण गर्न थालेको हो ।
सन्धिखर्क नगरपालिकाको नीति तथा कार्यक्रममा स्विकृत योजना अन्तर्गत किसानलाई हातेट्याक्टर (मिनिटेलर), कुटानी–पिसानी (कम्बाइन मिल) र मकै छोडाउने मेसिन (कर्न सेलर) प्रदान गरिएको हो ।

नगरपालिकाले ६० प्रतिशत अनुदानमा १२ वटै वडामा ५ सय जना किसानलाई सेवा दिनेगरी सहकारी, समूह र कृषि फार्मलाई ३० वटा कुटानी पिसानी मेशिन, १४ वटा हाते ट्याक्टर र ६ वटा मकै छोडाउने मेशिन हस्तान्तरण गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन बजेटबाट १५ लाख ३४ हजार बराबरको कृषि औजार किसानलाई अनुदानमा प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो ।

“किसानले प्रविधि भित्राउदा कम जनशक्ति र कम खर्च हुन्छ, लागत घटेपछि किसानलाई नाफा हुन्छ, कृषिमा लगाव बढ्छ” प्रमुख प्रशासकिय अधिकृत भुसालले भन्नुभयो “युवा पलायनले गाउँमा काम गर्ने मानिस नहुँदा कृषि उत्पादन र बजारिकरणमा समस्या छ, त्यसैलाई मध्यनजर गरेर हामीले कृषि औजार अनुदानमा दिएका छौं ।” अनुदानमा कृषि औजार पाउदा आफुहरु निकै खुसी भएको सन्धिखर्क नगरपालिकाका अगुवा कृषक शोभाखर अधिकारीले बताउनुभएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?