back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

सारङ्गी बजाउने पेशालाई आधुनिकीरण र व्यवसायीक गर्न क्षमता विकास तालिम

spot_img

 

Workplace

अर्घाखाँची    सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका गन्धर्वको सिप नयाँ पुस्तामा हस्तान्तरण नभएको भन्दै प्रशिक्षण दिन थालिएको छ ।

सारङ्गी बजाएर गीत गाउने पेशालाई संरक्षण गर्दै नयाँ पुस्तामा सिप हस्तान्तरण गर्ने हेतुले पर्यटन डिभिजन कार्यालय रुपन्देहीले नया पुस्ताका पुरुष र महिलालाई सारङ्गी बजाउने प्रशिक्षण प्रदान गरेको हो ।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ अर्घाका २५ जना गन्धर्वलाई १० दिने सारङ्गी बजाउने तथा बनाउने प्रशक्षिण दिएको छ ।

गन्धर्व जातिको पुख्यौली सारङ्गी बजाउने पेशालाई आधुनिकीरण र व्यवसायीक गर्न क्षमता विकास तालिम दिइएको कार्यलय प्रमुख गिता आचार्यले बताउनुभयो ।
सन्धिखर्क नगरपालिका–९ पाथ्रावाङ गन्दर्भ जातीको बसोवास रहेको जिल्लाकै मुख्य एकमात्र बस्ती हो,जहा २५ घर गन्दर्भ जातीका रहेका छन् ।

पाथ्रावाङका १५ जना पुरुष र १० जना महिलालाई लुम्बिनी प्रदेश सरकारको ग्रामीण पर्यटन विकासका लागि क्षमता विकास र प्रविधि हस्तान्तरण संरक्षण तथा प्रवर्द्धन कार्यक्रम गरिएको हो ।
सारङ्गी बजाउने पेशा र संस्कृतिलाई आधुनिक तथा व्यवसायी बनाउन र यसलाइ पर्यटन संग जोडेर गन्दर्भ जातीको आर्थिक समृद्घि गर्न यो तालिम कोशेढुङ्गा सावितहुने प्रशिक्षणका सहभागीहरुको अपेक्षा रहेको छ ।
शहर, होटल लगायत विभिन्न सांस्कृतिक तथा अन्य कार्यक्रममा सारंगीको माग विस्तारै बढ्दो छ, यसको बजारीकरण गर्न सके आम्दानी बढ्ने सारङ्गी बाधक ठाकुर गन्दर्भको भनाई छ ।

२५ परीवार रहेको गन्धर्व समुदायमा अहिले बढिमा दश जनाले मात्र सारङ्गी बजाउने गर्दथे,नया पुस्ताले चासो नदिदा विस्तारै लोप हुने चिन्ता बढ्दै थियो । तालिमले सबैलाइ उत्साहित बनाएको ठाकुरको कथन छ ।
महिला र नयाँ पुस्तालाई सारंगी बनाउन तथा बजाउन सिकाएपछि जीवन धान्न सहज बन्ने उनले बताए ।
अर्घादरबार जिल्लाको मुख्य पर्यटकीय स्थल हो,यहाँ आएका आन्तरिक तथा वाह्य पर्यटकलाई गन्दर्भले उत्पादन गरेका सारंगी बिक्री गर्न र सारंगी बजाएर मनोरञ्जन दिन सकिने अर्घाभगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयो ।

सामुदायिक जागरण विकास मञ्चको व्यवस्थापनमा भएको सारंगी बजाउने प्रशक्षिण तालिममा सहभागीहरु उत्साहित भएका छन् ।
गाउँमा सूचना र सञ्चारको पहुँच नहुँदा गन्धर्वले सारंगी बजाएर गितमा सुनाउने घट्नासँग नागरिकको चाख हुन्थ्यो , अहिले यो पेशा लोप हुन थालेको छ, सरकारले यसलाई संरक्षण गर्दै पेशलाई व्यवसायीक बनाउन थालेकोमा सुखी लागेको ठाकुर गन्दर्भको भनाइ छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?