सारङ्गी बजाउने पेशालाई आधुनिकीरण र व्यवसायीक गर्न क्षमता विकास तालिम

 

अर्घाखाँची    सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका गन्धर्वको सिप नयाँ पुस्तामा हस्तान्तरण नभएको भन्दै प्रशिक्षण दिन थालिएको छ ।

सारङ्गी बजाएर गीत गाउने पेशालाई संरक्षण गर्दै नयाँ पुस्तामा सिप हस्तान्तरण गर्ने हेतुले पर्यटन डिभिजन कार्यालय रुपन्देहीले नया पुस्ताका पुरुष र महिलालाई सारङ्गी बजाउने प्रशिक्षण प्रदान गरेको हो ।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ अर्घाका २५ जना गन्धर्वलाई १० दिने सारङ्गी बजाउने तथा बनाउने प्रशक्षिण दिएको छ ।

गन्धर्व जातिको पुख्यौली सारङ्गी बजाउने पेशालाई आधुनिकीरण र व्यवसायीक गर्न क्षमता विकास तालिम दिइएको कार्यलय प्रमुख गिता आचार्यले बताउनुभयो ।
सन्धिखर्क नगरपालिका–९ पाथ्रावाङ गन्दर्भ जातीको बसोवास रहेको जिल्लाकै मुख्य एकमात्र बस्ती हो,जहा २५ घर गन्दर्भ जातीका रहेका छन् ।

पाथ्रावाङका १५ जना पुरुष र १० जना महिलालाई लुम्बिनी प्रदेश सरकारको ग्रामीण पर्यटन विकासका लागि क्षमता विकास र प्रविधि हस्तान्तरण संरक्षण तथा प्रवर्द्धन कार्यक्रम गरिएको हो ।
सारङ्गी बजाउने पेशा र संस्कृतिलाई आधुनिक तथा व्यवसायी बनाउन र यसलाइ पर्यटन संग जोडेर गन्दर्भ जातीको आर्थिक समृद्घि गर्न यो तालिम कोशेढुङ्गा सावितहुने प्रशिक्षणका सहभागीहरुको अपेक्षा रहेको छ ।
शहर, होटल लगायत विभिन्न सांस्कृतिक तथा अन्य कार्यक्रममा सारंगीको माग विस्तारै बढ्दो छ, यसको बजारीकरण गर्न सके आम्दानी बढ्ने सारङ्गी बाधक ठाकुर गन्दर्भको भनाई छ ।

२५ परीवार रहेको गन्धर्व समुदायमा अहिले बढिमा दश जनाले मात्र सारङ्गी बजाउने गर्दथे,नया पुस्ताले चासो नदिदा विस्तारै लोप हुने चिन्ता बढ्दै थियो । तालिमले सबैलाइ उत्साहित बनाएको ठाकुरको कथन छ ।
महिला र नयाँ पुस्तालाई सारंगी बनाउन तथा बजाउन सिकाएपछि जीवन धान्न सहज बन्ने उनले बताए ।
अर्घादरबार जिल्लाको मुख्य पर्यटकीय स्थल हो,यहाँ आएका आन्तरिक तथा वाह्य पर्यटकलाई गन्दर्भले उत्पादन गरेका सारंगी बिक्री गर्न र सारंगी बजाएर मनोरञ्जन दिन सकिने अर्घाभगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयो ।

सामुदायिक जागरण विकास मञ्चको व्यवस्थापनमा भएको सारंगी बजाउने प्रशक्षिण तालिममा सहभागीहरु उत्साहित भएका छन् ।
गाउँमा सूचना र सञ्चारको पहुँच नहुँदा गन्धर्वले सारंगी बजाएर गितमा सुनाउने घट्नासँग नागरिकको चाख हुन्थ्यो , अहिले यो पेशा लोप हुन थालेको छ, सरकारले यसलाई संरक्षण गर्दै पेशलाई व्यवसायीक बनाउन थालेकोमा सुखी लागेको ठाकुर गन्दर्भको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?