back to top
IPL 2024
IPL 2024
१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार
IPL 2024
spot_img

आज यी प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना

spot_img

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

Workplace

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का तथा लुम्बिनी , मधेश र कोशी प्रदेशका केही र बाँकी भू-भागको थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको  सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

त्यस्तै कोशी,  गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ भने साथै लुम्बिनी र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भू-भागको थोरै स्थानहरूमा राति पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?