back to top
IPL 2024
IPL 2024
२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

भानु मावि को अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न, २ लाखकाे अक्षयकाेष स्थापना

spot_img

अर्घाखाँची । पाणिनि गाउपालिका वडा नम्बर ५ को भानु माध्यमिक विद्यालयको अभिभावक भेला, वार्षिक नतिजा बिश्लेषण तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

Workplace

बिद्यालयको प्राङ्गणमा मंगलबार सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वार्षिक परिक्षामा कक्षागत प्रथम, द्धितिय तथा तृतीय हुने बिद्यार्थि, खेलकुदमा उत्कृष्ट विद्यार्थी, नियमित, जेहेन्दार, अनुसाशित विद्यार्थिहरुलाई पुरस्कार बितरण गरीएको छ ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयका शिक्षक छबिलाल भट्टराईले बिद्यार्थिको सिकाई प्रभावकारी बनाउन शिक्षकको पहलले मात्र नहुने बताउदै अभिभावकको निगरानी र विद्यार्थिमा लगनशिलता आवश्यक रहेको बताए। बिद्यालयमा भएका कमिकमजोरीहरु सुझावको रुपमा दिन आग्रह गर्दै उनले सुधार गर्दै लैजाने बताए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाणिनि गाउँपालिकाका शिक्षा अधिकृत तेजबहादुर खनालले भानु माध्यमीक विद्यालय भौतिक संरचनामा कमि नरहेको भन्दै अव शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरे । उनले बिध्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षक एक्लैको प्रयासलेमात्र नहुने बताउदै बिद्यार्थि, अभिभावक सबैको उत्तिकै महत्व रहेको बताए । समुदायस्तरका विद्यालयमा अभिभावकको बिशेष चासो भए शैक्षिक गुणस्तर बढ्नेमा उहाँले जोड दिए । उनले विद्यार्थिको भविष्यसंग अभिभावक प्रत्यक्ष रुपमा जोडिनुपर्ने पटक पटक दोहोर्याए ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग अर्घाखाँचीका अध्यक्ष यादव प्रसाद घिमिरे, पाणिनि गाउँपालिका वडा नम्बर ५ का पूर्व वडा अध्यक्ष जिवलाल घिमिरे लगायतले मन्तब्य राखेका थिए । बक्ताहरुले पुरस्कृत बिद्यार्थिहरुकोलाई बधाई सहित उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा लाग्नु पर्ने बताएका थिए ।

सोहि अबसरमा पाणिनि गाउँपालिका वडा नम्बर ५ निवासी कृष्ण प्रसाद अधिकारी र नारायण प्रसाद अधिकारीले बिद्यालयमा २ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेका छन । स्वर्गिय बुबा आमाको नाममा बिद्यालयमा अक्षयकोषको स्थापना गरेका हुन । छोरा नारायण प्रसाद अधिकारीले आज सो रकम बराबरको चेक हस्ताण्तरण गरे । चेक हस्तान्तरण गर्दै अधिकारीले २ दाजुभाईको सल्लाह बमोजिम अक्षयकोषको स्थापना गरीएको भन्दै उक्त रकमले बिध्यालयका असहाय बिद्यार्थीहरुको शैक्षिक समाग्रीमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

अक्षयकोष स्थापना गर्ने नारायण प्रासाद अधिकारीलाई बिद्यालयले दोसल्ला ओडाएर सम्मान समेत गरेको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै वडा अध्यक्ष इन्द्रमणि घिमिरेले बिध्यालयको शैक्षि गुणस्तरमा बृद्धि गर्न वडाको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग रहने बताउदै अक्षयकोष दातालाई धन्यवाद समेत ब्यक्त गरेका थिए ।

कार्यक्रम वडा अध्यक्ष इन्द्रमणि घिमिरेको अध्यक्षता, शिक्षक छबिलाल भट्टराईको स्वागत तथा प्रधानाध्यापक जिवलाल पोखरेलकोे संचालनमा सम्पन्न भएको थियो ।

आजै बिद्यालयले हिरलाल भट्टराईको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिति गठन गरेको छ । यस्तै अभिभावक संघमा समेत पदाधिकारी चयन गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?