back to top
IPL 2024
IPL 2024
२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

शितगंगा नगरपालिकाले गर्भवती महिलाहरूको वडा तहमै पुगेर निःशुल्क अल्ट्रासाउन्ड सेवा

spot_img

अर्घाखाँची । शितगंगा नगरपालिका अर्घाखाँचीले पालीकामा रहेका सबै गर्भवती महिलाहरूको वडा तहमै पुगेर निःशुल्क अल्ट्रासाउन्ड सेवा प्रदान गरेको छ ।

Workplace

स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाका सबै वडामा गर्भवती महिलाहरूका लागि निःशुल्क अल्ट्रासाउन्ड गर्ने कार्यक्रमले गर्भवतीहरूका लागी निकै सहज भएको छ । शितगंगा नगरपालिका वडा नं. १ सुवर्ण खालमा रहेको स्वास्थ्य केन्द्रबाट वैशाख २ गते देखि सुरु भएको शिविर १९ गते सम्पन्न भएको छ । शिविरमा १५५ जना गर्भवतीको अल्ट्रासाउन्ड गरिएको स्वास्थ्य शाखाका लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र रहेका १४ वटा वडामा रहेका स्वास्थ्य संस्थामा पुग्ने गरी कार्यतालिका बनाएरै अल्ट्रासाउन्ड गर्ने कार्य सम्पन्न भएको हो ।

नगरपालिकाले प्राथमिक उपचारमा समेत पछाडि रहेका गाँउहरुमा चिकित्सक सहितका अन्य घुम्ती शिविरसमेत सञ्चालन गरेकाले निकै सहज महसुस नगरवासीले गरेको शितगंगा–४ का समाजसेवी दिल बहादुर गुरुङले बताउनुभयो । देशकै ठुलो नगरपालिका भएकाले भौगोलिक कठिनाइका कारण सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने बाध्यता बाट गुज्रिएका नगरवासी शिविर सञ्चालनबाट निकै खुसि भएका छन् ।

गर्भवती महिलाहरू शारीरिकरुपमा समेत कमजोर हुने भएकाले घुम्ती अल्ट्रासाउन्ड सेवा यो वर्षको वार्षिक कार्यक्रम अनुसार पहिलो चरणमा शुरु गरिएको नगर प्रमुख छविलाल पौडेलको भनाई रहेको छ ।

अल्ट्रासाउन्ड गर्नका लागि बुटवलसम्म जाने गर्भवती महिलाहरूलाई वडाबाटै सेवा लिन सकिन्छ भन्ने विश्वास दिलाउन समेत यसले सहयोग पु¥याएको नगरपालिका प्रमुख पौडेलले बताउनुभयो ।

ग्रामीण क्षेत्रका सम्पूर्ण गर्भवती आमाको अवस्था र बच्चाको अवस्था कस्तो छ भनि अल्ट्रासाउन्डमार्फत जाँच्ने र अवस्थाअनुसार नियमित फलोअप गर्न नियमितरुपमा स्वास्थ्य चौकीमा जँचाउन जानुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको भनाइ छ ।

नगरपालिका योजना शाखाका प्रमुख नुमलाल खनालले यसबाट धेरै सेवाग्राहीहरू लाभान्वित भएको र स्थानीयको पैसा समेत बचत भएको बताउनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?