कारागारका कैदिवन्दिहरुको स्वास्थ्य प्रवर्द्बनका लागी योग, ध्यान कार्यक्रम सञ्चालन

अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा नागरिकहरुको स्वस्थ्य चेतना र स्वस्थ व्यवहार पालना सम्बन्धी चेतना अभिवृद्बि गराई योग, ध्यान मार्फत मानसिक स्वास्थ्य प्रवर्द्धन गराउने उद्बेश्यले साेमबार देखी सन्धिखर्क न.पा. १ स्थित जिल्ला कारागारमा रहेका कैदिबन्दीहरुलाई लक्षित गरी मानसिक स्वास्थ्य सेवा पवर्द्बनका लागी योग, ध्यान कार्यक्रम सञ्चालन भईरहेको छ ।

योग शिक्षाले ब्यक्तिको Cognitive and Psychomotor function मा सकारात्मक प्रभाव पारेको विभिन्न अनुसन्धानबाट पुष्टि भएका छन् । विश्व परिवेशमा बदलिदो जीवनशैली, रहन सहन तथा खानपानका कारण नसर्ने रोग विशेष गरी मानसिक स्वास्थ्य सम्बन्धि जोखिम पाईन्छ। नेपालमा गरिएका नसर्ने रोग सम्बन्धी अध्ययनको नतिजाले समेत नसर्ने रोगको जोखिमदर बढेको पाईएको छ। योग ध्यान ,स्वस्थ खानपान, आनी बानी र व्यवहारको परिपालन गर्नाले स्वास्थ्यको प्रवर्धन भई समुदाय स्तरबाट मानसिक रोगको रोकथाम र नियन्त्रण गर्न प्रभावकारी हुन्छ। घर, परिवार र समुदायमा स्वस्थ खानपान आनी बानी र व्यवहारको परिपालन गर्नाले सर्ने र नसर्ने रोग दुवैको समुदाय स्तरबाट रोकथाम र नियन्त्रण गर्न प्रभावकारी हुन्छ।योग तथा ध्यान विधीको समुचित उपयोगद्बारा नागरिकको स्वास्थ्य रक्षा र प्रवर्द्धनका लागि सहयोग मिल्छ ।

योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिक चेतका साथ जिवन जिउन सिकाउने कलाको रुपमा चिनिन्छ । योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने गर्दछ।योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्ताबाटमुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बृद्धि शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायत सकारात्मक गुणको विकास हुन्छ ।

कार्यक्रममा योगको परिचय ,उद्बेश्य, महत्व, योग गर्दा अपनाउनुपर्ने साबधानी, योगका नियम बिषयमा प्रकास पारिएको थियो । जसमा अष्टाङ्गयोग ,ध्यान, प्रणायामका बिभिन्न बिधिहरु, प्रज्ञा योग तथा योग ध्यान गर्ने ब्यक्तिको मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक परिवर्तनको बारेमा जानकारी सहित प्रयोगात्मक अभ्यासहरु गराईएको थियो ।

कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा ब्यवस्थापन समितिका महिला सदस्य कमला खनाल भण्डारीको अध्यक्षता, जिल्ला कारागार कार्यालयका कारागार प्रशासक दुर्गा न्यौपानेको आथित्यता तथा कारागार सुरक्षा प्रमुख होम बहादुर वि.क. एवं पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक कुमार खनालको आथित्यतामा सञ्चालन गरीएको कार्यक्रममा योग, ध्यान, आशनको प्रयोगात्मक अभ्यास योग गुरु पुष्पा भुसालले गर्नुभएको थियो । कार्यक्रममा सहजिकरण स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्य तथा स्वास्थ्य केन्द्रका ल्याव-टेक्निसियन शुवास शाही तथा कर्मचारी निराजन पौडेलले गरेका थिए । सो कार्यक्रममा कारागारका करिब ८० जना कैदिवन्दीहरुको सहभागीता रहेको थियो । कार्यक्रम ३ दिन सम्म सञ्चालन रहने छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अम्बिका बेल्वासे श्रेष्ठ
लेखकको बारेमा

अम्बिका बेल्वासे श्रेष्ठ

श्रेष्ठ समाचारपाेष्ट डटकमका उप-सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?