ट्राफिक प्रहरी कार्यालय तौलिहवा द्वारा ट्राफिक सचेतना कार्यक्रममा तिब्रता

कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्यालय तौलिहवाले ट्राफिक सचेतना कार्यक्रममा तिब्रता दिएको छ।

ट्राफिक प्रहरी कार्यालय तौलिहवा मताहत क्षेत्रमा सवारी चालक, पैदल यात्रु तथा स्कूल बसका विद्यार्थी गरी पछिल्लो तीन महिनामा लगभग दुई हजार जनामा ट्राफिक ऐन नियम, संकेत तथा दुर्घटना सम्बन्धमा जनचेतना मूलक विभिन्न कार्यक्रम संचालन गरि सकेको तथा सो कार्यक्रम लाई निरन्तरता दिइने ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी वरिष्ठ नायब निरिक्षक अशोक कुमार खड्काले जानकारी दिए।

सदरमुकाम बजार क्षेत्र ६ लेन सड्क अवधारणा भई सकेकाले सबैलाई लेन पालनामा सचेत गराइएको, विगतको तुलनामा हाल बजार क्षेत्रमा लेन पालना भएको समेत खड्काले बताए।

सवारी नियम उलंघन गर्ने सवारी हरु उपर सवारी कार्वाही गरिएको सवारी कार्यवाही विगतमा नगदी रसिद मार्फत गरिने गरिएकोमा हाल आनलाइन बैंकिंग मार्फत गरिदा सहजता भएको सवारी धनी हरूको बुझाई रहेको छ।

बजार क्षेत्र भित्र समेत ट्राफिक प्रहरीले सक्दो ट्राफिक व्यवस्थापन गर्न हरेक सम्भव प्रयास गर्दै आएको प्र.स.नि. युबराज बसौलाले जानकारी गराएका छन । भरपूर ट्राफिक प्रहरीको सक्रियताका कारण विगतको तुलनामा यस क्षेत्रमा दुर्घटनामा कमी देखिएको तथा विना हेलमेट मोटरसाइकिल चलाउनेमा समेत कमी आएको स्थानीयले बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?