सचेतना कार्यक्रमलाई तिब्रता दिदैं ट्राफिक प्रहरी कार्यालय बहादुरगंज

कपिलवस्तु : कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका अस्थाई ट्राफिक पोस्ट बहादुरगंज लगायत आसपासका क्षेत्रहरुमा अस्थाई ट्राफिक प्रहरी पोस्ट बहादुरगंज कार्यालयले ट्राफिक सचेतना कार्यक्रममा तिब्रता दिएको छ।

अस्थाई ट्राफिक प्रहरी पोस्ट बहादुरगंज कार्यालय मताहत क्षेत्रमा सवारी चालक, पैदल यात्रु तथा स्कूल बसका विद्यार्थी गरी पछिल्लो तीन महिनामा लगभग दुई हजार जनामा ट्राफिक ऐन नियम, संकेत तथा दुर्घटना सम्बन्धमा जनचेतना मूलक विभिन्न कार्यक्रम संचालन गरि सकेको तथा सो कार्यक्रम लाई निरन्तरता दिइने अस्थायी ट्राफिक प्रहरी पोस्ट बहादुरगंजका प्रमुख प्रहरी नायब निरिक्षक राघव सिंह राठोरले जानकारी दिए।
सबैलाई लेन सडकको पालनामा सचेत गराइएको, विगतको तुलनामा हाल बजार क्षेत्रमा लेन पालना भएको समेत राठोरले बताए।
सवारी नियम उलंघन गर्ने सवारी हरु उपर सवारी कार्वाही गरिएको सवारी कार्यवाही विगतमा नगदी रसिद मार्फत गरिने गरिएकोमा हाल आनलाइन बैंकिंग मार्फत गरिदा सहजता भएको सवारी धनी हरूको बुझाई रहेको छ।

बजार क्षेत्र भित्र समेत ट्राफिक प्रहरीले सक्दो ट्राफिक व्यवस्थापन गर्न हरेक सम्भव प्रयास गर्दै आएको प्र.ना.नि. राघव सिंह राठोरले जानकारी गराएका छन । भरपूर ट्राफिक प्रहरीको सक्रियताका कारण विगतको तुलनामा यस क्षेत्रमा दुर्घटनामा कमी देखिएको र ३ जना मोटरसाइकलमा बसाल्ने तथा विना हेलमेट मोटरसाइकल चलाउनेमा समेत कमी आएको स्थानीयले बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?