back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

कांग्रेसले आजको सदनमा रविलाई अवरोध नगर्ने

spot_img

काठमाडौं । नेपाली कांग्रेसले रास्वपा सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ।

आज बिहान बसेको संसदीय दलको बैठकले कुनै पनि दललाई निषेध गर्न नसकिने भएकाले रास्वपा सभापतिको हैसियतमा लामिछानेलाई संसदमा सम्बोधन गर्न दिने निर्णय भएको सांसद रामहरि खतिवडाले जानकारी दिए।

सहकारीको रकम हिनामिनामा लामिछानेको नाम जोडिएपछि कांग्रेसले हिउँदे अधिवेसनमा उनलाई बोल्न पनि दिएको थियो। यस बिषयमा भने आज केही लचक भएको हो। यद्यपि लामिछानेमाथि संसदीय छानविनको माग भने यथावत् छ।

बोल्न दिए पनि लामिछानेमाथि छानविनका लागि समिति नबनेसम्म संसदका अरू कारबाही भने अघि बढ्न नदिने अडान कायमै राखेको छ।

गृमन्त्रीमाथि सहकारी ठगीका प्रमाण बलिया बन्दै गएकाले आफ्नो मागबाट पछि नहट्ने खतिवडाको भनाइ छ। संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदैछ। दुवै सदनको बैठक दिउँसो २ बजे बोलाइएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?