वैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीले विद्यालयमा मनायो अक्षय तृतीया पर्व

अर्घाखाँची ।
वैदिक सनातन धर्म सेवा समाज, अर्घाखाँचीको आयोजनामा पाणिनिका विद्यालयमा सातु, सर्वत एवम् प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका विद्यार्थीहरुलाइ लक्षित गरि उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

पाणिनि -५ मैदानस्थित कृष्ण माध्यमिक विद्यालय एवम् पाणिनि-७ मा रहेको जनसेवा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई अक्षय तृतीया पर्वको अवसरमा सातु, सर्वत वितरण तथा पूर्वीय संस्कृतिका विषयमा प्रशिक्षित गराउने कार्यक्रम सम्पन्न गरेको सस्थाका महासचिव अनन्तप्रसाद घिमिरेले जानकारी गराएका छन् ।

पाणिनिको कृष्ण माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघ, अभिभावक, विद्यार्थी एवम् विद्यार्थीहरुको उल्लेख्य उपलब्धि रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादबप्रसाद घिमिरेले पूर्वीय संस्कृतिको सरक्षण एवम् सम्बर्द्धनमा वैदिक सनातन धर्म सेवा समाजले गरेका कार्यहरू प्रशंसनीय रहेको र यसखालका कार्यक्रमहरुलाइ निरन्तरता दिँदै जानुपर्नेमा जोड दिएका थिए। त्यस्तै विद्यालयको तर्फबाट कृष्ण माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भक्तबहादुर रेश्मी मगरले हाम्रो पूर्वीय संस्कृति व्यापक रहेको र यसले समाजलाई सही ढंगले डोर्याउन महत्वपूर्ण भूमिका खेलेको हुनाले यस्ता चाडपर्वहरूलाई व्यवस्थित ढंगले मनाउँदै जानुपर्ने बताएका छन् ।

त्यसैगरी पाणिनी-७ मा रहेको जनसेवा माध्यमिक विद्यालयमा गरिएको उक्त कार्यक्रमको व्यवस्थापन वैदिक सनातन धर्मसेवा समाजका सदस्य माधव बेल्बासे र गोमा बेल्बासेले गरेका थिए भने कार्यक्रमको सहजीकरण विद्यालयले गरेको थियो।

विद्यालयको शिक्षामा नैतिक, सदाचार एवम् मौलिक परम्परालाई जोड्न सकेमामात्रै विद्यार्थीहरुमा सकारात्मक उर्जा प्राप्त हुनसक्ने र अपेक्षित जनशक्ति उत्पादन गर्न सकिने हुँदा यसप्रकारका कार्यक्रम विद्यालयमै गर्नु आवश्यक रहेको आयोजक सस्थाका महासचिव अनन्तप्रसाद घिमिरेले बताएका छन् ।

कार्यक्रम वैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीका अध्यक्ष चन्द्रमणि घिमिरेको अध्यक्षता ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवप्रसाद घिमिरेको प्रमुख आतिथ्य एवं वैदिक सनातन धर्मसेवा समाजका महासचिव अनन्तप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?