दिल्लीलाई पराजित गरेसँगै बेंगलुरुको प्लेअफ सम्भावना कायमै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा बेंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो ।

१८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १४० रनमा अलआउट भयो । दिल्लीका अक्षर पटेलले सर्वाधिक ५७  रन बनाए भने साई होपले २९ र जेक फ्रेजर-मक्गर्कले २१ रन बनाए ।

बेंगलुरुका यश दयालले ३ तथा लोकी फर्गुसनले २ विकेट लिंदा स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरन ग्रीनले एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको बेंगलुरुले ९ विकेट गुमाएर १८७ रन बनाएको थियो । बेंगलुरुका रजत पतिदरले ५२, विल ज्याक्सले ४१, क्यामरण ग्रीनले ३२ र विराट कोहलीले २७ रनको योगदान गरे ।

दिल्लीका खलिल अहमद र रशिख सलामले दुई/दुई तथा इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले एक/एक विकेट लिए ।

यो जितसँग बेंगलुर १२ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । दिल्ली र लखनउको पनि समान १२ अंक छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?