दिल्लीलाई पराजित गरेसँगै बेंगलुरुको प्लेअफ सम्भावना कायमै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा बेंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो ।

१८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १४० रनमा अलआउट भयो । दिल्लीका अक्षर पटेलले सर्वाधिक ५७  रन बनाए भने साई होपले २९ र जेक फ्रेजर-मक्गर्कले २१ रन बनाए ।

बेंगलुरुका यश दयालले ३ तथा लोकी फर्गुसनले २ विकेट लिंदा स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरन ग्रीनले एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको बेंगलुरुले ९ विकेट गुमाएर १८७ रन बनाएको थियो । बेंगलुरुका रजत पतिदरले ५२, विल ज्याक्सले ४१, क्यामरण ग्रीनले ३२ र विराट कोहलीले २७ रनको योगदान गरे ।

दिल्लीका खलिल अहमद र रशिख सलामले दुई/दुई तथा इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले एक/एक विकेट लिए ।

यो जितसँग बेंगलुर १२ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । दिल्ली र लखनउको पनि समान १२ अंक छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?