back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

पाणिनि गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सिफारिस

spot_img

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा नियमित खोप सुदृढीकरण तथा पूर्ण खोप सुनिश्चित तथा दिगोपनाको लागि पालिका खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ । 

बैठकले पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न जिल्ला खोप समन्वय समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ । पालिका भित्रका सम्पूर्ण वडाहरू पूर्ण खोप सुनिश्चितता भएको प्रतिवेदन आएको पालिका खोप समन्वय समितिको अनुगमन पश्चात  पाणिनी गाउँपालिकामा रहेका ८ वटै वडाहरूमा रहेका बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित गरिएको स्वास्थ्य शाखा संयोजक शेषकान्त घिमिरेले जानकारी दिए ।

पाणिनि गाउँपालिकामा १६ महिना देखि २३ महिना सम्मका २ सय ६१ बालबालिका रहेका छन् । ति सबै बालबालिकाहरूले पूर्ण खोप लगाई सकेको घिमिरेको भनाई छ । २४ देखि ५९ महिना सम्मका पालिकाभरका ११ सय १२ जना बालबालिकाहरूले पनि पूर्ण खोप लगाई सकेका छन भने १५ महिनासम्मका ३ सय ७५ जना बालबालिकाहरू नियमित खोप कार्यक्रममा सहभागि भईरहेका स्वास्थ्य सहसंयोजक राम प्रसाद घिमिरेले जानकारी दिए । 

पूर्ण खोप सुनिश्चितताको लागि सिफारिस गर्ने पाणिनि गाउँपालिका पहिलो हो । पूर्ण खोप सुनिश्चितताका लागि खोप समन्वय समितिले आफै अनुगमन गरेको र यो भरपर्दो रहेको पालिका खोप समन्वय समितिका संयोजक तथा पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए । 

सोह्र महिनादेखि ५९ महिनासम्मका पालिकामा रहेका सम्पूर्ण बालबालिकाले पूर्ण खोप निर्देशिका बमोजिम खोप लगाउने कार्य पूरा भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषित गर्न सिफारिस गरिएको हो । उक्त सिफारिस अनुसार भए नभएको जिल्ला खोप समन्वय समितिले अनुगम गरी सुनिश्चितता घोषणा तथा प्रमाणिकरण गर्ने छ । 

गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने र स्वास्थ्य शाखा संयोजक शेषकान्त घिमिरेद्वारा हस्ताक्षर गरिएको सिफारिस पत्रमा आगामी दिनमा पनि पालिकालाई पूर्ण खोपको सुनिश्चितता कायम राख्ने प्रतिबद्धता गरिएको छ । 

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?