सम्भावना बोकेको मालारानी ओझेलमा

 

अर्घाखाँची,       अर्घाखाँची जिल्लामा पर्ने मालारानी मन्दिर पर्यटकीय सम्भावना बोकेको धार्मिक स्थल हो । यो मन्दिर समुन्द्री सतहदेखि २ हजार ८५ मिटरको उचाइँमा रहेको छ ।
वि.सं. १८६२ मा स्थापित यो मन्दिर सदरमुकाम सन्धिखर्कदेखि करीब १५ किलोमिटर उत्तरतर्फ मालारानी गाउँपालिकामा पर्दछ ।

मालारानी गाउँपालिका वार्ड नं. ३ र ६ को सीमाक्षेत्रमा अवस्थित मालारानी मन्दिरमा पूजाआजा र दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बोका, राँगा, कुभिण्डो आदिको बलीसमेत चढाउने गरीन्छ ।
प्राचिन समयमा अर्घाका राजाकी भान्जीको नाम माला रहेको र त्यतिबेला माला असाध्यै सुन्दर भएकाले उनलाई सबैले रानिको रुपमा मान्ने हुँदा मन्दिरको नाम नै मालारानी राखिएको धार्मिक मान्यता रहिआएको छ ।
स्थानीयका अनुसार बडादशैको त्रयोदशीको मध्यरातमा मालारानीको आश्रयस्थलबाट आफै बाजा बजेको आवाज सुन्न पाइन्छ । मन्दिरमा दशैंको नवदुर्गा भरी र चैतेदशैमा अष्टमी, नवमीमा बिशेष मेला लाग्ने गर्दछ । मन्दिरमा महाकाली, शिव महादेव, हनुमानका मुर्तीहरु राखिएको छ ।

मन्दिर छेउमै लालीगुराँसको ठूलो रुखको फेदमा टोड्कोमा पानी रहेको छ । त्यस पानीलाई ‘मनचिन्ते पानी’ भन्ने प्रचलन रहिआएको छ । मालाले आफूलाई शुद्द पानी पिउनका लागि सृष्टि गरेको भन्ने किम्बदन्ति रहेको उक्त पानी ठुलो खडेरीमा समेत सुक्दैन । सो पानी शीरमा लगाउनाले मनमा शान्ति मिल्ने, मनले सोचेका कुरा पुग्ने, राम्रो हुदै जाने स्थानिय इन्द्र रेग्मीले बताए । भक्ततजनहरुले मन्दिरमा कुनै भाकल गरेमा पुरा भएको कारण जाने गरेको बताउछन । मालारानि मन्दिरमा गएपछि छुट्टै आनन्दको महसुस हुने भक्ततजनको अनुभव छ ।

खासगरी शिवरात्रीको दिन , दशैंको समयमा र नयाबर्षमा मालारानीमा धार्मिक भक्तजनहरुको ठूलो घुँइचो लाग्ने गर्दछ भने अन्य विदाको दिनमा समेत आन्तरीक पर्यटकको चहलपहल हुने गरेको पाइन्छ । मन्दिरको ऐतिहासिक र धार्मिक महत्वका अलवा मन्दिरबाट हिमालय पर्वतको हिमश्रृङखला र तराइको सुन्दर फाँट देख्न पाईन्छ । चारैतर्फ हरियाली, अत्यन्तै चिसो एवं स्वच्छ हवाले भरिपूण नजिकैको घेराको भिरमा गिद्दहरुको बासस्थान छ । जिल्लाकै प्रसिद्ध मन्दिरको रुपमा चिनिएको मालारानीको विकास तथा प्रचारप्रसार भने प्रयाप्त हुन सकिरहेको छैन ।

मालारानी मन्दिर वरिपरीको लेकमा टिमुर , पाखनवेद,चिराईतो ,सिन्कौली , जस्ता जडिबुटी र महत्वपुर्ण वन्यजन्तुको आश्रयस्थल रहेको भएकाले पनि सास्कृतिक संगै जैविक हिसाबले पनी यो क्षेत्र उतिनै महत्वपुर्ण रहेको पाइन्छ ।
जिल्लाको पुनर्रसंरचना भन्दा पहिला मन्दिरको अवस्था दयनिय रहेको भएतापनि जनप्रतिनिधी आएपछी विस्तारै मन्दिरको मुहार फेरिन थालेको छ । मन्दिर निर्माणसँगै वरिपरीको परिसर , अपाङ्गमैत्री सार्वजनिक शौचालय, प्रवचन हल,खानेपानी लगायतका पुर्वाधार निर्माण गरिएको र अन्य कार्य निरन्तर भइरहेको मालारानी गाँउपालीकाका अध्यक्ष दलबहादुर भट्टराइले जानकारी दिए ।

यस क्षेत्रको समग्र विकास गरी आन्तरीक तथा वाह्य पर्यटकलाइ आकर्षित गर्न प्रदेश तथा संघिय सरकारको सहयोग आवश्यक रहेको भट्टराइले बताए ।
पुर्वाधार निर्माण संगै व्यापक प्रचारप्रसार गर्नसके मालारानी गाँउपालिकाको विकासमा मालारानी मन्दिर कोशेढुङ्गा सावित बन्नसक्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?