हजयात्रीहरुलाई नेपाल हज समितिका सदस्य रसिद मिर्जाद्वारा एक दिने प्रशिक्षण

कपिलवस्तु । कपिलवस्तु जिल्लाभित्रका मुस्लिम हजयात्रीहरुलाई पहिलाे पटक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रम जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ३ लक्ष्मीनगरमा पहिलाे पटक आयाेजना भएकाे थियाे ।

नेपाल हज समितिका नवनियुक्त सदस्य राशिद मिर्जा वेगकाे अगुवाईमा जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्ने, नमाज पढने, कपडा लगाउने र दान पुन्य गर्ने विषयमा प्रशिक्षण गरेका हुन ।

साउदी अरबमा हजका क्रममा पुग्ने नेपाली हजयात्रीलाई खाने, बस्ने व्यवस्थापन गरिएको हज समितिका सदस्य राशिद मिर्जाले बताउनुभयो ।

इस्लाम धर्ममा हज जिवनभरिमा एक पटक गर्नै पर्ने कार्य अन्तरगत पर्छ । हज जाँदा सो व्यक्तिले आफुँ माथि रहेको कर्जाको चुक्ता, गलतीको क्षमायाचना गरे हज पुरा हुने मुस्लिम आयोग नेपालका सदस्य तथा प्रवक्ता अरसद मिर्जाले बताउनुभयो ।

मुस्लिम आयोगका सदस्य अरसद मिर्जाले नेपाल हज समितिले गरेको क्रियाकलापलाई आयोगले नियाल्दै आएकाले सबै हाजीहरुलाई सहज रुपमा साउदी अरब लैजाने र ल्याउने काम गर्न अनुरोध गर्नुभयो ।

हज गरेपछि हाजी बच्चा झै पवित्र हुन्छ पछि उसले धार्मिक क्रियाकलापलाई ईमान्दारिता पुर्वक निर्वाह गर्नुपर्ने कुरानमा उल्लेख गरिएको छ । हाजीले गलत काममा लाग्नु हुदैन । गलत काममा लाग्ने हाजीको हज रद्द हुने विस्वास रहेको छ ।

शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाँउपालिकाका १६ जनालाई हज सम्वन्धि प्रशिक्षण दिइएको हो । अन्य पालिकाका हजयात्रीहरुलाई जिल्लाको तौलिहवामा कार्यक्रम आयोजना गरी प्रशिक्षण दिइने छ । यसवर्ष कपिलवस्तु जिल्लाबाट ८६ जनाले हज गर्न साउदी अरब जानुहुने नेपाल हज समितिले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?