back to top
IPL 2025
IPL 2024
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार
IPL 2025
spot_img

सर्वोच्चमा अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने

spot_img

काठमाडौं । सर्वोच्च अदालतमा अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने भएको छ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले मंगलबार अनलाइन मुद्दा दर्ता प्रणाली तथा पेसीको सूचना स्वचालित रुपमा पठाउने प्रणालीको शुभारम्भ गरेका हुन्।

सर्वोच्चमा दर्ता हुने मुद्दाहरू हालसम्म कागजी रुपमा प्राप्त गरी कर्मचारीहरूबाट दर्ता प्रक्रिया अगाडि बढाउने गरिएको छ। अब अनलाइनमा समेत मुद्दा दर्ता गर्न सकिने गरी अनलाइन मुद्दा दर्ता प्रणाली विकास गरिएको र यसमा पहिलो चरणमा रिट निवेदनहरू अनलाइन मार्फत् दर्ता गर्न सकिनेछ।

यसलाई क्रमशः: सर्वोच्च अदालतका अन्य प्रकृतिको मुद्दा तथा अन्य अदालतहरूमा समेत विस्तार गर्ने लक्ष्य रहेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए। मुद्दाको पेसी समेत स्वचिलत रुपमा पठाउने प्रणाली पनि शुभारम्भ गरिएको छ।

अदालतहरूमा मुद्दा दर्ता भएपश्चात् मुद्दाका पक्षहरूलाई पेशीको सूचना पठाउनुपर्ने हुन्छ। यस्तो सूचना हाल कागजी रुपमा पठाउने गरिएकोमा यसलाई समेत प्रणाली मार्फत नै व्यवस्थापन गर्न पेशीको सूचना स्वचालित रुपमा प्रणाली मार्फत पठाउने प्रणाली विकास गरि प्रयोगमा ल्याइएको अदालत प्रशासनले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?