सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन बनेको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक सुरु

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकारको मस्यौदाका लागि कार्यदलको बैठक सुरु भएको छ।

बैठक सिंहदरबारमा कानुन मन्त्रालयमा सुरु भएको हो। कानुनमन्त्री पदम गिरीको संयोकत्व रहेको कार्यदलमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल छन्।

बैठकले समितिको कार्यादेशबारे थप छलफल गरेर टुंगोमा पुर्‍याउने जनाइएको छ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष र प्रतिपक्षबीच हिजो सहमति भएको थियो।

हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकले यस्तो समितिका बनाउनका लागि सहमति गरेको गरेको हो।

कांग्रेसले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा समिति गठन गर्नुपर्ने माग गर्दै संसद्‌मा अवरोध गर्दै आएको छ।

कांग्रेसको अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी आजसम्मका लागि स्थगित गरिएको थियो।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?