योग शिविरको यो उत्साहले निरन्तर्ता पाउला ?

अर्घाखाँची ।           विहान झिसमिसेमै हातमा चकटी बोकेर टुडिखेल जानेको चहलपहल देख्दा अचम्म लाग्छ । बजारका गल्ली तथा चोकमा सेतो पहिरनमा हातमा चकटी बोकेर हतारीदै हिडेका एकजना पुरुषले लौन छिटो आउनुस भन्दै अर्कौ साथीलाइ बोलाइरहेका थिए । यो दृष्य हो अर्घाखाँची सदरमुकाम सन्धिखर्क बजारको ।
पतंजली योग समिती नेपाल अर्घाखाँचीले गत शनिवार देखि सञ्चालन गरेको पाँच दिने निशुल्क योग बिज्ञान शिविर सञ्चालन भएपछि सदरमुकाम सन्धिखर्कको टुडिखेल बिहान ४ बजे देखिनै भरीभराउ देखिन्छ ।


योग तथा ध्यानका माध्यमबाट मानिसको शारीरीक तथा मानसिक स्फूर्ति जगाउने र नकारात्मक सोंच तथा शारीरीक रोग निवारण गर्ने भन्दै पतंजली योग समिती नेपाल अर्घाखाँचीले आगामी बुधवार सम्म सञ्चालन गर्ने गरी योग बिज्ञान शिविर सञ्चालन गरेको छ ।


सदरमुकाम सन्धिखर्कका स्थानीय,सुरक्षा निकाय,कार्यलयमा कार्यरत कर्मचारी लगायतका करीब दुई सय भन्दा बढिको सहभागीतामा योग सञ्चालन भईरहेको समिती अध्यक्ष पे्रमनारायण पोखे्रलले जानकारी दिए ।
बिहान ४ बजे देखि ८ बजे सम्म सञ्चालन हुने शिविरमा व्यायाम,आशन,चिन्तन लगायतमा योगगुरुहरुले प्रशिक्षण दिदै आउनुभएको छ ।


महिला पतंजली योग समिती नेपाल केन्द्रीय महिला प्रवारी पुज्य साध्वीदेवा दिती,केन्द्रिय सदस्य शान्ता खत्री,हिरा अधिकारी र ललितपुर उपाध्यक्ष अनमिका श्रेष्ठ लगायतले योग प्रशिक्षण दिदै आउनुभएको अध्यक्ष पोखे्रलको भनाई रहेको छ ।
योग शिविरमा सहभागी बिण्णु खनालले शारीरीक तथा मानसिक रुपमा तन्दुरुस्ती साथै सोचमा परीवर्तन गर्नमा महत्वपुर्ण सहयोग गरेको बताइन् ।


जिल्ला समन्वय समिती सभापती जिवनारायण कोइरालाले जेष्ठ ५ गते उद्घाटन गरी सुरुभएको योग शिविर ९ गते बुधवारसम्म चल्नेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?