योग शिविरको यो उत्साहले निरन्तर्ता पाउला ?

अर्घाखाँची ।           विहान झिसमिसेमै हातमा चकटी बोकेर टुडिखेल जानेको चहलपहल देख्दा अचम्म लाग्छ । बजारका गल्ली तथा चोकमा सेतो पहिरनमा हातमा चकटी बोकेर हतारीदै हिडेका एकजना पुरुषले लौन छिटो आउनुस भन्दै अर्कौ साथीलाइ बोलाइरहेका थिए । यो दृष्य हो अर्घाखाँची सदरमुकाम सन्धिखर्क बजारको ।
पतंजली योग समिती नेपाल अर्घाखाँचीले गत शनिवार देखि सञ्चालन गरेको पाँच दिने निशुल्क योग बिज्ञान शिविर सञ्चालन भएपछि सदरमुकाम सन्धिखर्कको टुडिखेल बिहान ४ बजे देखिनै भरीभराउ देखिन्छ ।


योग तथा ध्यानका माध्यमबाट मानिसको शारीरीक तथा मानसिक स्फूर्ति जगाउने र नकारात्मक सोंच तथा शारीरीक रोग निवारण गर्ने भन्दै पतंजली योग समिती नेपाल अर्घाखाँचीले आगामी बुधवार सम्म सञ्चालन गर्ने गरी योग बिज्ञान शिविर सञ्चालन गरेको छ ।


सदरमुकाम सन्धिखर्कका स्थानीय,सुरक्षा निकाय,कार्यलयमा कार्यरत कर्मचारी लगायतका करीब दुई सय भन्दा बढिको सहभागीतामा योग सञ्चालन भईरहेको समिती अध्यक्ष पे्रमनारायण पोखे्रलले जानकारी दिए ।
बिहान ४ बजे देखि ८ बजे सम्म सञ्चालन हुने शिविरमा व्यायाम,आशन,चिन्तन लगायतमा योगगुरुहरुले प्रशिक्षण दिदै आउनुभएको छ ।


महिला पतंजली योग समिती नेपाल केन्द्रीय महिला प्रवारी पुज्य साध्वीदेवा दिती,केन्द्रिय सदस्य शान्ता खत्री,हिरा अधिकारी र ललितपुर उपाध्यक्ष अनमिका श्रेष्ठ लगायतले योग प्रशिक्षण दिदै आउनुभएको अध्यक्ष पोखे्रलको भनाई रहेको छ ।
योग शिविरमा सहभागी बिण्णु खनालले शारीरीक तथा मानसिक रुपमा तन्दुरुस्ती साथै सोचमा परीवर्तन गर्नमा महत्वपुर्ण सहयोग गरेको बताइन् ।


जिल्ला समन्वय समिती सभापती जिवनारायण कोइरालाले जेष्ठ ५ गते उद्घाटन गरी सुरुभएको योग शिविर ९ गते बुधवारसम्म चल्नेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?