back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत लिँदै, कांग्रेसले अवरोध गर्ने

spot_img

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत लिने भएका छन् । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन्।

जनता समाजवादी पार्टी (जसपा)नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। जसपा नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। संविधानको धारा १०० को उपधारा २ को व्यवस्था अनुसार प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्न लागेका हुन्। प्रधानमन्त्रील यो कार्यकालमा चौथोपटक विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बिहान १० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

यद्यपि कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले विश्वासको मत लिने कार्य प्रभावित हुने देखिएको छ। कांग्रेसले ‘गृहमन्त्री रवि लामिछानेले सहकारीमा  गरेको रकम हिनामिना’ प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध जारी राख्ने बताएको छ। सोमबार तय भएको बैठकअघि नै छानबिन समिति गठन नगरे अवरोध पुर्‍याउने चेतावनी महामन्त्री गगन थापाले दिएका छन्।

अर्कोतिर जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका सात सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

रिटमा जसपाका अध्यक्ष अशोक राईसहित सात सांसदलाई प्रधानमन्त्रीले विश्वासको मत लिँदा मतदानमा रोक लगाउन र अन्य संसदीय गतिविधिमा रोक लगाउन माग गरिएको छ।

यद्यपि जसपा नेपालको विभाजनसम्बन्धी निर्णय यथास्थितिमा राख्न केही दिनअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?