किशोरी हिंसा न्युनिकरण गर्न आत्मरक्षा तालिम

अर्घाखाँची,          बालीका तथा किशोरीहरु माथीको बढ्दो हिंसा न्युनिकरण गर्न अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले किशोरी आत्मरक्षा सम्बन्धी तालिमको सुरुवात गरेको छ ।

यौनजन्य तथा विभिन्न प्रकारका घटनाबाट किशोरीहरु कसरी सुरक्षित रहने र त्यस्ता घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले छत्रदेव वडा नम्बर ४ केरुङगाको शारदा माध्यमिक विद्यालयमा ७ दिने आत्मरक्षा सम्बन्धी तालिमको सुरुवात गरीएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिए ।


किशोरीमाथि शारीरिक तथा मानसिक रुपमा हुने गरेका विभिन्न घटनाबाट सुरक्षित रहनका लागि तालिम प्रभावकारी हुने अपेक्षा गरीएको छ । गाउँपालिका भित्र रहेका माध्यमिक बिद्यालयमा अध्ययनरत छात्रा बिद्यार्थिहरु लाई लक्षितगरी तालिमको थालनी गरीएको सहायक महिला विकास निरीक्षक शारदा विकले जानकारी दिए ।

किशोरीमाथि कुनैपनी समयमा हुनसक्ने बलत्कार प्रयास,शारीरीक तथा मानसिक हिंसा लगायतको अबस्थामा स्वयंलेनै आत्मरक्षा गर्न सकोस् भन्ने उद्देश्यले तेक्वान्दो कराते जस्ता सिपको विकास गर्नेगरी तालिम सञ्चालन गरीएको छ ।
किशोरीमाथि शारीरिक तथा मानसिक रुपमा हुने गरेका विभिन्न घटनाबाट सुरक्षित रहनका लागि यो तालिम प्रभावकारी हुने गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए।

गाउँपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा सुरुभएको ७ दिने तालिम जेठ १२ गते सम्म संचालन हुने शाखा प्रमुख शारदा बिकले जानकारी दिइन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?