जल उपभोक्ता समितिका लागि ४ दिने तालिम

अर्घाखाँची । अर्घाखाँचीका जल उपभोक्ता समितिका लागि सस्थागत विकास दिगो व्यवस्थापन तथा कृषि प्रविधिको विस्तार सम्बन्धि ४ दिने तालिम सन्धिखर्कमा सम्पन्न भएको छ ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीको आयोजनामा सञ्चालन भएको तालिमको समापन समारोहमा मन्तब्य राख्ने बक्ताहरुले कृषि पेशा सबै भन्दा महत्वपुर्ण पेशा भएको बताएका छन् ।

तालिमको समापन समारोहमा प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख छविन्द्र बेल्वासे, कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरे, सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका लेखा अधिकृत शिवहरी खनाल, समाजसेवी व्यक्तित्व नारायण सिंह बेल्बासे लगायतको उपस्थिति रहेको थियो ।

तालिममा सिकेका कुरालाई जल उपभोक्त समितिका तर्फबाट व्यवहारमा उत्राने सहभागीहरु विनोद थापा र गंगा आचार्यले प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

तालिममा जिल्ला भर रहेका १७ जल उपभोक्ता समितिका ३४ जना कृषकहरुको सहभागिता रहेको प्राविधिक रामजी भट्टराईले जानकारी दिए ।

तालिमको सोमबार जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले व्यानरमा हस्ताक्षर गरेर शुभारम्भ गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?