back to top
IPL 2024
IPL 2024
१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार
IPL 2024
spot_img

खानेपानी मन्त्रालयमा २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन

spot_img

काठमाडौं : आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयमा २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

Workplace

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन्। उनले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको स्थानमा खानेपानी वितरण प्रणाली बिस्तार कार्य अगाडि बढाइने बताए।

मन्त्री पुनले मेलम्ची खानेपानी आयोजनामा ५० करोड रुपैयाँ बजेट छुट्याइएको पनि जानकारी दिए। उनले आगामी आर्थिक वर्ष खानेपानी सुविधा बिस्तारबाट थप ४ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने बताए।

उनले ३७ करोड लिटर फोहोर पानी प्रशोधन क्षमताको धोबिघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने जनाए। त्यस्तै धोबिघाट, बालकुमारी र सल्लाघारीमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य शुरु गरिने उल्लेख गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?