भरतपुरमा जन्मियाे, रोनाल्डोको ३५औँ सन्तान

भरतपुर  । जङ्गली हात्ती रोनाल्डोको नयाँ सन्तान जन्मिएको छ।

हात्ती प्रजनन केन्द्र खोरसोरमा रोनाल्डोको ३५औँ सन्तान जन्मिएको हो। प्रजनन केन्द्रमा रहेको हिमालीकलीले गएराति  पोथी छावा जन्माएसँगै रोनाल्डोको सन्तान ३५ पुगेको हो।

रोनाल्डोको ३४औँ सन्तान गत शनिवार राति कर्णालीकलीले छावालाई जन्म दिएकी थिई। प्रजनन केन्द्रमा जन्मने अधिकांश छावाका बाबु रोनाल्डो हो। चितवनमा घरपालुवा भाले हात्ती प्रजनन क्रियाकलापमा सक्रिय नहुने हुँदा जंगली हात्तीको संसर्गबाट ढोईहरु गर्भवती हुने गरेका छन्।

केन्द्रका प्रमुख प्रमुख मनिपुरन चौधरीका अनुसार राति हिमाली कलीले जन्माएको छावा स्वास्थ्य छ।

केन्द्रमा हात्तीको बच्चा जन्मनुलाई उत्सवका रूपमा लिइन्छ।  ढोई गर्भवती भएको २२ देखी २४ महिनामा छावा जन्माउने गर्दछन्। पोथी हात्ती गर्भवती भएपछि त्यस हात्तीलाई प्रजनन् केन्द्रमा ल्याएर स्यहार सुसार गर्नुका साथै भेली र चामलको खीर, चना लगायतका पोषिलो खाना खुवाउने गरिन्छ।

केन्द्रमा अहिलेसम्म ६४ वटा बच्चा जन्मिसेकेको छ।  जन्मिएका मध्ये ३५ वटा रोनाल्डोका सन्तान हुन्। यो वर्ष पनि केन्द्रमा थप ८ वटा ढोई गर्भवती छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?