अर्घाखाँचीका पालिकामा १० करोड बेरुजु : कुन पालिकाको कति?

अर्घाखाँची । अर्घाखाँची जिल्लामा आर्थीक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा बेरुजु घटेको छ ।

महालेखाले सार्वजनीक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीमा बेरुजु घटेको देखिएको हो । महालेखापरिक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीमा १८ करोड ४ लाख ८३ हजार रूपैयाँ बेरूजु देखिएको थियो भने ६१ औँ वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीमा १० करोड ३२ लाख, ८ हजार रुपैँया बेरुजु देखिएको छ । यो रकम गत वर्षको तुलनामा ७ करोड ७२ लाख ७५ हजार रुपैयाँले कमी हो ।

३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको अर्घाखाँचीमा जम्मा ११ अर्ब २० करोड ९८ लाख ४८ हजार रूपैयाँको लेखा परिक्षण गर्दा १० करोड ३२ लाख, ८ हजार रुपैँया बेरूजु देखिएको हो ।

पाणिनी गाउँपालिका

पाणिनी गाउँपालिकामा गत आर्थिक वर्षमा १ अर्ब १९ करोड ८१ लाख ७२ हजारको लेखा परिक्षण गर्दा ५ करोड ७९ लाख ६३ हजार रूपैयाँ बेरूजु देखीएको हो । जुन ४.४८ प्रतिशत थियो । महालेखा सार्वजनिक गरेको ६१ औँ प्रर्तिवेदनमा पाणिनि गाउँपालिकाको १ अर्ब ६८ करोड ५० लाख २५ हजार रुपैयाँको लेखा परिक्षण गर्दा ०.६१ प्रतिशत अर्थात १ करोड तीन लाख ६ हजार रुपैयाँ बेरुजु रहेको छ ।

छत्रदेव गाउँपालिका

छत्रदेव गाउँपालिकामा १ अर्ब ४७ करोड ७१ लाख ४ हजार रुपैयाँको लेखा परिक्षण गर्दा १ करोड २५ लाख ६८ हजार रूपैयाँ अर्थात ०.८५ प्रतिशत बेरूजु देखीएको हो ।

मालारानी गाउँपालिका

मालारानी गाउँपालिकामा १ अर्ब ७१ करोड १८ लाख १८ हजारको लेखा परिक्षण गर्दा २ करोड ४८ लाख ६२ हजार रूपैयाँ अर्थात १.४५ प्रतिशत बेरूजु देखीएको हो ।

सन्धिखर्क नगरपालिका

सन्धिखर्क नगरपालिकामा २ अर्ब ३३ करोड २७ लाख २९ हजारको लेखा परिक्षण गर्दा ९५ लाख ७३ हजार रूपैयाँ अर्थात ०.४१ प्रतिशत बेरूजु देखीएको हो ।

भुमिकास्थान नगरपालिका

भुमिकास्थान नगरपालिकामा २ अर्ब १३ लाख ८९ हजारको लेखा परिक्षण गर्दा १ करोड ६६ लाख ३३ हजार रूपैयाँ अर्थात ०.८३ प्रतिशतबेरूजु देखीएको हो ।

शितगंगा नगरपालिका

शितगंगा नगरपालिकामा २ अर्ब १७ लाख ८३ हजारको लेखा परिक्षण गर्दा २ करोड ९२ लाख ६६ हजार रूपैयाँ अर्थात १.४६ प्रतिशत बेरूजु देखीएको हो ।

प्रचलित कानुनबमोजिम पुर्याउनु पर्ने रीत नपुर्याइए कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको वा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको तथ्य तथा तथ्यांकलाई बेरुजुका रुपमा परिभाषित गरिएको छ ।

बजेट र योजना कार्यान्वयन, राजस्व प्रशासन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, संस्थान सञ्चालन तथा व्यवस्थापन, लेखाङ्कन प्रतिवेदन तथा आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा नियमन, वित्तीय संघीयता कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहमा जिम्मेबार व्यक्ति तथा संस्थाले जवाफदेहीता बोध नगर्ने र उक्त अनुशासनमा नरही लापरवाही तरिकाले कार्य सम्पादन तथा रकम परिचालन गर्दा बेरुजु बढ्ने महालेखा परीक्षक टंकमणी शर्माको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?