back to top
२९ असोज २०८१, मङ्लबार
IPL 2024
IPL 2024
२९ असोज २०८१, मङ्लबार
IPL 2024
spot_img

मस्कोमा आक्रमण गर्न युक्रेनले अमेरिकी हतियार प्रयोग गर्दैन : बाइडेन

Workplace

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनले मस्कोमा आक्रमण गर्न अमेरिकी हतियारको प्रयोग नगर्ने बताएका छन्।

Workplace

उनले पश्चिमा मुलुकद्वारा आपूर्ति गरिएका हतियारहरूद्वारा रुसभित्रका लक्ष्यहरूमा आक्रमण गर्न युक्रेनलाई अधिकार दिएको बताए।

उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमणको जवाफमा अमेरिका र अन्य केही मुलुकले किएभलाई रुसी क्षेत्रभित्र आक्रमण गर्नका लागि पश्चिमा मुलुकहरूले प्रदान गरेको हतियारको प्रयोग गर्न अनुमति दिएका छन् ।

‘उनीहरू युक्रेनमा विशिष्ट लक्ष्यहरूमा आक्रमण गर्न प्रयोग भइरहेकाले युक्रेनीलाई सीमा छेउमा प्रयोग गर्न अनुमति दिइएको छ’, बिहीबार एबीसी न्युजसँगको अन्तरवार्तामा उनले भने, ‘हामीले रुसमा २०० माइलसम्म आक्रमणका लागि अधिकार दिएका छैनौँ र मस्को, क्रेमलिनमा आक्रमणका लागि अधिकार दिएका छैनौँ।’

वासिङ्टनले रुससँग सीमा जोडिएको पूर्वी खार्किभ क्षेत्रको रक्षा गर्न युक्रेनलाई सक्षम बनाउनका लागि आफ्नो प्रतिबन्ध आंशिकरूपमा हटाएको अमेरिकी अधिकारीहरूले गत साता बताएका थिए ।

युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खार्किभमा रुसको दैनिक आक्रमणलाई अधिकारीहरूले अमेरिकी अडानमा परिवर्तनको श्रेय दिएका थिए ।

जर्मनीले युक्रेनलाई रुसका लक्ष्यहरूमा हतियार प्रहार गर्न अनुमति दिएको बताएको छ।

‘अमेरिकाले आपूर्ति गरेको हतियार सीमापारबाट आक्रमण गर्नका लागि थिए जहाँ रुसीहरूले युक्रेनमा गएर युक्रेनीलाई मार्नका लागि प्रयोग गर्ने परम्परागत हतियारबाट महत्त्वपूर्ण आक्रमण भइरहेको छ’, बाइडेनले भने।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?