जन्म दिनको फजुल खर्च कटाएर क्यानसर रोगीलाई लायन्स क्लवको ४३ हजार सहयोग

अर्घाखाँची । लामो समय देखि फोक्सोको क्यान्सरसङ्ग लडिरहेका सन्धिखर्क १० बेल्टारी घर भइ हाल सन्धिखर्क ०२ घोचाखोला निवासी प्रेम थापाको उपचारका लागि लायन्स क्लब अफ अर्घाखाँचीले आर्थिक सहयोग गरेको छ ।

क्लवका अध्यक्ष प्रकाश परियारको जन्म दिनको अवसरमा क्लबबाट ४३ हजार ९० रुपैया आर्थिक सहयोग प्रदान गरेको क्लवका सचिव प्रदिप आचार्यले बताएका छन् । लामो समय देखि बिरामी भएका प्रेम थापाको उपचारमा आर्थिक समस्या भएपछि क्लवले सहयोग गरेको हो ।

जन्मदिन मनाउनको लागि गरिने फजुल खर्च नगरी बिरामी लाई उपचारका लागि बिरामीको घरमै पुगि स्वास्थ लाभको कामना र आर्थिक सहयोग गरिएको लायन्स क्लब अफ अर्घाखाँचीका अध्यक्ष प्रकाश परियारले बताएका छन् । सन्धिखर्क नगरपालिकाको स्वास्थ शाखामा जनस्वास्थ निरीक्षकको रुपमा समेत कार्यरत छन् ।

सन्धिखर्कमा इलेक्ट्रिक व्यवसाय गर्दै आएका प्रेम थापा साढे २ वर्ष अघि फोक्सोको क्यान्सरबाट ग्रसित भएपछि उनको उपचारका लाखौं धनराशी खर्च भइसकेको छ । भएको धनसम्पत्ति उपचारमा खर्च भएपछि अहिले उनको उपचारमा समेत आर्थिक समस्या उत्पन्न भएको छ ।

उपचारका लागि सबैले सहयोग गरेर आफुलाई बचाइदिन पिडित थापाले सार्वजनिक रुपमा अपिल गरेका छन । थापाको २ छोरी, साढे दुइ बर्षिय एक छोरा र श्रीमती रहेकाछन । अहिले आर्थिक अभावमा नियमित उपचार समेत प्रभावित भएको र आफु तलमाथि भए परिवारको विचल्ली हुने भन्दै पिडित प्रेमले आफ्नो ज्यान बचाइदिन सबैसंग याचना गरे ।

लायन्स क्लब अफ अर्घाखाँचीले अर्घाखाँचीमा रहेर विभिन्न सामाजिक गतिविधि हरु रक्तदान, बृक्षारोपण, राहत बितरण जस्ता कार्यहरु गर्दै आईरहेको छ । दुखी पीडित हरुको लागि विभिन्न समयमा सहयोग संगै सामाजिक उत्तरदायित्व बहन गर्दै आईरहेको क्लबका जोन चेयर प्रसन हरि प्रसाद भुसालले बताए । जिल्लामा रहेर विभिन्न पेशा ब्यबसायमा आवद्ध सदस्यहरुको सस्था लायन्स कल्वले सामाजिक अभियानहरु संचालन गर्दै आईरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?