back to top
IPL 2024
IPL 2024
१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार
IPL 2024
spot_img

कतार आउँदै महामन्त्री गगन थापा सहित तीन केन्द्रिय नेता, कार्यक्रमको तयारी तिव्र

spot_img

दोहा , कतार
सन्ध्या अर्याल

Workplace

नेपाली जनसम्पर्क समिति कतारले आफ्नो १७ औं स्थापना दिवस यहि आउँदो शुक्रबार ओल्ड सलाता स्थित प्लाजा इनको सभाहलमा भव्यताका साथ मनाउने भएको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका श्रद्धेय महामन्त्री एवम् संघीय सांसद गगन थापा , केन्द्रिय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेल र केन्द्रिय सदस्य एवम् पूर्व नेविसंघ अध्यक्ष नैन सिंह महर कतार आउने भएका छन् ।

समितिका महामन्त्री केदार नाथ भुसालका अनुसार कार्यक्रम दिनको ठिक बाह्र बजे देखि सुरु हुनेछ । उनले कार्यक्रममा दोहामा स्थापित सम्पुर्ण संघ संस्थाहरुलाई निमन्त्रणा गर्ने लगायतका कार्य सम्पन्न भइसकेको र बाँकी तयारी पनि तिव्र रुपमा भइरहेको समेत जानकारी दिएका छन् ।

समितिका उप-सभापति ठाकुर कुमार परियारले आफुहरुले एउटा ऐतिहासिक कार्यक्रम गर्न लागेको बताउँदै कतारमा स्थापित सम्पुर्ण संघ संस्था, पत्रकार, राष्ट्रियता, लोकतन्त्र र समाजवादमा आस्थावानहरु सबैलाई उक्त कार्यक्रममा सरिक भइ कार्यक्रमलाई सभ्य अनि भव्य रुपमा सफल बनाइदिन हार्दिक आव्हान समेत गरेका छन् ।

त्यसै गरि कार्यक्रम मुल समारोह समितिका संयोजक समेत रहेका जनसम्पर्क समितिका सभापती मोहम्मद अजिज अलिले समाचार पोस्ट सङ्ग कुरा गर्दै सो कार्यक्रममा केन्द्रिय नेताहरु सहित मध्यपुर्वका अन्य जनसम्पर्क समितिका सभापतिहरुको समेत समुपस्थिती रहने हुँदा यो कार्यक्रम मध्यपुर्व स्तरीय कार्यक्रम हुने बताएका छन् । कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण रहेकोले कार्यक्रमलाई सफल बनाउन कुनै कसुर बाँकी नराखिने बताएका छन् ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?