कतार आउँदै महामन्त्री गगन थापा सहित तीन केन्द्रिय नेता, कार्यक्रमको तयारी तिव्र

दोहा , कतार
सन्ध्या अर्याल

नेपाली जनसम्पर्क समिति कतारले आफ्नो १७ औं स्थापना दिवस यहि आउँदो शुक्रबार ओल्ड सलाता स्थित प्लाजा इनको सभाहलमा भव्यताका साथ मनाउने भएको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका श्रद्धेय महामन्त्री एवम् संघीय सांसद गगन थापा , केन्द्रिय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेल र केन्द्रिय सदस्य एवम् पूर्व नेविसंघ अध्यक्ष नैन सिंह महर कतार आउने भएका छन् ।

समितिका महामन्त्री केदार नाथ भुसालका अनुसार कार्यक्रम दिनको ठिक बाह्र बजे देखि सुरु हुनेछ । उनले कार्यक्रममा दोहामा स्थापित सम्पुर्ण संघ संस्थाहरुलाई निमन्त्रणा गर्ने लगायतका कार्य सम्पन्न भइसकेको र बाँकी तयारी पनि तिव्र रुपमा भइरहेको समेत जानकारी दिएका छन् ।

समितिका उप-सभापति ठाकुर कुमार परियारले आफुहरुले एउटा ऐतिहासिक कार्यक्रम गर्न लागेको बताउँदै कतारमा स्थापित सम्पुर्ण संघ संस्था, पत्रकार, राष्ट्रियता, लोकतन्त्र र समाजवादमा आस्थावानहरु सबैलाई उक्त कार्यक्रममा सरिक भइ कार्यक्रमलाई सभ्य अनि भव्य रुपमा सफल बनाइदिन हार्दिक आव्हान समेत गरेका छन् ।

त्यसै गरि कार्यक्रम मुल समारोह समितिका संयोजक समेत रहेका जनसम्पर्क समितिका सभापती मोहम्मद अजिज अलिले समाचार पोस्ट सङ्ग कुरा गर्दै सो कार्यक्रममा केन्द्रिय नेताहरु सहित मध्यपुर्वका अन्य जनसम्पर्क समितिका सभापतिहरुको समेत समुपस्थिती रहने हुँदा यो कार्यक्रम मध्यपुर्व स्तरीय कार्यक्रम हुने बताएका छन् । कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण रहेकोले कार्यक्रमलाई सफल बनाउन कुनै कसुर बाँकी नराखिने बताएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?