पाणिनिमा आर्थिक वर्ष २०८१/०८२ को बजेट सर्वसम्मत पारित

अर्घाखाँची । पाणिनि गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ को वजेट सर्वसम्मत रुपमा पारित गरेको छ ।

गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेलले प्रस्तुत गरेको बजेट दोस्रो गाउँसभाको पाँचौँ अधिवेशनबाट सर्वसम्मत रुपमा पारीत गरीएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि कूल ६५ करोड ८० लाख ९४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

गाउँपलिकाको विकास जनप्रतिनिधिहरुको अभिभारा रहेको भन्दै पालिका उपाध्यक्ष नर्मदा पौडेलले एकै पटक सबै योजना समेट्न नसकिने भएकोले क्रमश विकासलाई गति दिने बताईन ।

गाउँपलिकाले आर्थिक वर्ष २०८०/०८१ मा हाल सम्म चालुतर्फ ५९.६४ प्रतिशत र पुंजिगततर्फ ५२.९५ प्रतिशत गरी समग्रमा ५७.८५ प्रतिशत बजेट खर्च भएको उपाध्यक्ष पौडेलले जानकारी दिईन ।

गाउँपालिकाले असार ९ गते नीति तथा कार्यक्रम पेश गरी सर्वसम्मत पारीत गरेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?