अर्घाखाँची । सन्धिखर्कमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका १२, टाकुरा निवासी तामबहादुर मुखियाकी ८ वर्षीय छोरी अंसु मुखियाको जहरे खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेपछि उनलाई जिल्ला अस्पताल अर्घाखाँची ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।