अवैध ३४ बोरा डिएपी मल चुत्राबेँसीबाट नियन्त्रण

अर्घाखाँची । अर्घाखाँचीको चुत्राबेँसीमा अवैध अनधिकृत रुपमा कृषि सहकारीको मल बिक्री गर्न लुकाइ राखेको साँढे ३४ बोरा डिएपी मल घरेलु तथा साना उद्योगको आयोजनामा गरिएको  जिल्ला संयुक्त अनुगमन टोलीले  नियन्त्रणमा लिएको छ । 

अर्घाखाँची सन्धिखर्क –२  चुत्राबेँसीको भुसाल एग्रोभेटबाट साढे १७ बोरा र  बन्जाडे एग्रोभेटबाट १७ बोरा गरी जम्मा साँढे ३४ बोरा डिएपी  मल अवैध हिसाबले लुकी चोरी गरी बेच्ने र अवैध नाफा कुम्लाउने तवरले अनधिकृत रुपमा ,बिक्री गर्ने गरेको र लुकाइ राखेको अवस्थामा जिल्ला प्रशासन कार्यालय , सन्धिखर्क नगरपालिका , कृषि ज्ञान केन्द्र , जिल्ला प्रहरी कार्यालय  , घरेलु तथा साना उद्योग , कोष तथा लेखा नियन्त्रण कार्यालय , उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, नेपाल पत्रकार रोहबरमा छापा हानी जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत सन्तोष खनालले बताए । 

नेपाल सरकारले भूमिकास्थानको सहकारीलाई अनुदानमा दिएको उक्त मल कमिसनको चलखेलमा एग्रोभेटहरुलाई बेचिदिने गरेको पाइएको छ । कृत्रिम  अभाव खडा गर्ने गरी उक्त पसलहरूले अनधिकृत रुपमा ,बिक्री गर्ने गरेको पाइएको छ । पछिल्लो समय युरिया मलको अर्घाखाँचीमा अभाव हुँदा खेती पाती गर्ने सिजनमा मकैमा राख्न ठिक परेका  किसानहरूले थप सास्ती बेहोर्नु परेको छ । 

अर्घाखाँचीमा युरिया मलको अभाव भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयका सहायक  प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यको नेतृत्वमा गएको अनुगमन टोलीले सन्धिखर्कमा रहेका शान्ति बगैँचा , फुदबाङ, मिडिया चोक, र चुत्राबेँसीमा रहेका एग्रोभेटहरूको अनुगमन गरिएको हो । जफत गरिएको डिएपी तथा कालो मल सन्धिखर्क नगरपालिकामा राखिएको छ । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रूद्रमणि भुसाल
लेखकको बारेमा

रूद्रमणि भुसाल

लामाे समयदेखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका भुसाल समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?