अर्घाखाँची । अविरल वर्षासँगै आएको पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको सन्धिखर्क ६ दहखोला र बहोखरमा पहिरो खसेको प्रहरीले जनाएको छ । घुम्ती देखि सन्धिखर्क सम्मको सडक सुचारू हुन करिव ४ घण्टा समय लाग्ने सन्धिखर्क नगरपालिकाका वडा अध्यक्ष श्रीधर महत्राले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको छ ।
यता घुम्तीदेखि पत्थरकोट सम्मको बाटो एकतर्फी खोलिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण थप पहिरो जानसक्ने खतरा कायमै रहेकोले सतर्क रहन प्रहरीले अनुरोधसमेत गरेका छ ।