अर्घाखाँचीमा निरन्तर झरीले जनजिवन प्रभावित

अर्घाखाँची .      अर्घाखाँचीमा विगत पाँच दिनदेखी परेको लगातारको झरीले जनजिवन प्रभावित बनेको छ ।
लगातारको वर्षाले सडक अवरुद्ध गर्नुका साथै विद्युत, खानेपानीका क्षेत्रमा समेत असर पु¥याएको छ ।

जिल्लाको मुख्य सडक गोरुसिंगे–सन्धिखर्क सडकखण्डको आधादर्जन स्थानमा पहिरो खस्दा बाटो पटक पटक अवरुद्ध बनेको छ ।
सडक सुचारु गर्ने प्रयत्न भईरहेपनि वर्षा नरोकिएपछी समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै सदरमुकाम सन्धिखर्कबाट गाँउ जाने सडकहरु पनि अवरुद्ध हुँदा आवत जावतमा कठिनाई भएको छ । प्रदेश राजधानी जोड्ने गच्छे–भालुबाङ सडक, सन्धिखर्क–बलकोट–तम्घास सडक, सन्धिखर्क–पाल्पा सडक, सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक, सन्धिखर्क–असुरकोट–प्यँुठान सडकका कतीपय स्थानमा पहिरोले अवरुद्ध गरेको छ भने कतिपय स्थानमा हिलोले यात्रामा कठिनाई भएको छ ।

जिल्लाको मुख्य सडक गोरुसिंगे–सन्धिखर्क लगायत ग्रामिण भेगमा जाने सवारी पुर्ण रुपमा प्रभावित हुदा आवत जावत कष्टकर बनेको हो ।

ग्रामिण भेगमा दुईदिनदेखी बिजुली अवरुद्ध भएको छ । रुख ढल्ने, पोल ढल्ने, तार चुँडिंने लगायतका कारण जिल्लाका कतिपय स्थानमा विद्युत अवरोध भएको छ । सदरमुकाम आसपास बत्ती भएपनी ग्रामिण भेगमा भने विद्युत नहुँदा समस्या भएको छ ।

यस्तै लगातारको वर्षाले खानेपानीमा क्षती पु¥याएको छ । मुहान पुरिने, पाईप बगाउने लगायतका समस्याले पानि नआउँदा दैनिकी प्रभावित बनेको छ । सन्धिखर्क खानेपानीमा समस्या आउँदा १२ घन्टापछी सुचारु भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?