नेपाल ज्योतिष परिषद् केन्द्रीय सूचना तथा सञ्चार विभागमा अर्घाखाँचीका घिमिरे मनोनित

काठमाडौं ।
नेपाल ज्योतिष परिषद् केन्द्रले केन्द्रीय सूचना तथा प्रविधि विभागको सदस्यका रुपमा अर्घाखाँचीका अनन्तप्रसाद घिमिरेलाई मनोनित गरेको छ । केन्द्रीय कार्यालय काठमाडौंमा बसेको उपलब्ध पदाधिकारीको वैठकले उनलाई उक्त पदमा मनोनित गरेको हो ।

नेपाल ज्योतिष परिषद्को जिल्ला कार्यसमिति हुँदै प्रदेश कार्य समितिको उपमहासचिवको जिम्मेवारी सम्हाल्दै आएका अत्यन्तै सक्रिय घिमिरेले विगत लामो समयदेखि विभिन्न शैक्षिक संस्थाहरुमा अध्यापन गरेको अनुभव लिइसकेका छन् । ज्योतिष वास्तु एवं पुूर्वीय संस्कृति र सभ्यताको संरक्षण एवं सम्बर्द्धनमा काम गर्दै आइरहेका घिमिरे विभिन्न पत्रपत्रिका, रेडियो एवं टेलिभिजनमा समेत क्रियाशील रहेका छन् । पछिल्लो समय ज्योतिष, वास्तु एवं पुर्वीय धर्म, दर्शन अनि सस्कृतिका क्षेत्रमा नियमित लेखकका रुपमा सक्रिय रहेका छन् । नेपाली र ज्योतिष विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका घिमिरे एक आध्यात्मिक साधक समेत हुन् । रास्ट्रगुरु योगी नरहरिनाथको सिद्धान्तलाई आत्मसात् गर्ने शिष्यको रुपमा उनको परिचय रहेको छ । जस्तोसुकै परिस्थितिमा पनि सत्कर्म र न्यायको पक्षमा लाग्नुपर्छ भन्ने घिमिरेले हिन्दु धर्म र सनातन संस्कृतिको उन्नयनमा अझ बढी सक्रिय भएर लाग्ने बताएका छन् ।

नेपाल ज्योतिष परिषद्का विभिन्न विभागहरू मध्येको सूचना तथा सञ्चार प्रविधि विभागको संयोजकमा ज्यो. भूपेन्द्रराज घिमिरे, उपाध्यक्ष ज्यो. ठाकुरप्रसाद देवकोटा, सचिब कल्की पोखरेल, सदस्यहरूमा खगेन्द्र प्रसाद अधिकारी, गौरव ढुङ्गाना, लवहरि अधिकारी, मुक्तिनाथ जोशी, सन्तोष शर्मा नेपाल, मदन शर्मा, रुकेश पोखरेल रहेका छन् ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?