अर्घाखाँची भूमिकास्थान नगरपालिका–१०, सेङलेङको लालीगुराँस देउरालीसामुदायिक वनमा व्यवसायिक चियाखेती सुरु गरिएको हो । बनमाराले अन्यजडिबुटी तथा घाँस समेत सखाप बनाइदिएपछि बनमारा हटाएर समुदायले चिया लगाएको हो ।
कृषि मन्त्रालय द्धारा बिनियोजित बजेट र भूमिकास्थान नगरपालिकाको समन्वयबाट सामुदायिक वनको २१ र निजि तर्फ १७ गरि ३८ रोपनी क्षेत्रफलमा ३२ हजार चियाका बिरुवा रोपिएको लालीगुराँस देउराली सामुदायिक वनका अध्यक्ष गिर बहादुर नेपालीले जानकारी दिए।
समुद्री सतहदेखि २ हजार मिटर भन्दा बढि उचाइमा रहेको सेङलेङमा भूमिकास्थान नगरपालिकाले पर्यटन हबको रुपमा विकास गर्नेगरि काम समेत थालेको छ । प्राकृतिक रुपमा मनमोहक वाताबरण रहेको उक्त स्थानमा चियाको बगान तयार भएपछि पर्यटकको आकर्षण थप बढेर जाने भूमिकास्थान नगरप्रमुख झविलाल थापाले बताए ।
भूमिकास्थानलाई कृषि, पर्यटन उद्योग र ब्यापारको माध्यमबाट आर्थिक समृद्धि र आत्मनिर्भर पालिका बनाउने योजना अनुरुप व्यबसायिक चिया खेतीतर्फ लागेको नगरप्रमुख थापाले बताए ।
भुमिकास्थानमा गत बर्षदेखि सुरु भएको कर्मशिल जनशक्ति परिचालन मार्फत बाँझो जग्गामा व्यवसायिक कृषि, मकैको पोष्कर र थाकलको पातबाट निर्माण हुने टोपी, झोला र विद्यालयमा पढ्दै कमाउँदै रमाउँदै कार्यक्रमले हरेक नगरबासीलाई नैतिकवान र कर्मशिल बनाउदै लग्ने नगरप्रमुख थापाको विस्वाँस छ ।
युवाहरुले देशछोडे भन्ने चिन्ता गर्नु भन्दा पहिला स्वदेशमै बस्ने वातावरण बनाउन सबैपक्ष एक भएर लाग्नुपर्नेमा नगरप्रमुख थापाको जोड रहेको छ ।
स्थानियको जागरुकता र सामुहिक एकता देख्दा अर्घाखाँचीमै पहिलो चिया पकेट कार्यक्रमको रुपमा सेङलेङमा चिया खेती सफल हुनेमा आफु विस्वस्त रहेको भूमिकास्थानका कृषि शाखा प्रमुख राम बहादुर थापाको भनाई छ ।