भूमिकास्थानमा ३८ रोपनी क्षेत्रफलमा ३२ हजार चियाका बिरुवा एकैपल्ट रोपियो

अर्घाखाँची    भूमिकास्थान नगरपालिका–१०, सेङलेङको लालीगुराँस देउरालीसामुदायिक वनमा व्यवसायिक चियाखेती सुरु गरिएको हो । बनमाराले अन्यजडिबुटी तथा घाँस समेत सखाप बनाइदिएपछि बनमारा हटाएर समुदायले चिया लगाएको हो ।
कृषि मन्त्रालय द्धारा बिनियोजित बजेट र भूमिकास्थान नगरपालिकाको समन्वयबाट सामुदायिक वनको २१ र निजि तर्फ १७ गरि ३८ रोपनी क्षेत्रफलमा ३२ हजार चियाका बिरुवा रोपिएको लालीगुराँस देउराली सामुदायिक वनका अध्यक्ष गिर बहादुर नेपालीले जानकारी दिए।

समुद्री सतहदेखि २ हजार मिटर भन्दा बढि उचाइमा रहेको सेङलेङमा भूमिकास्थान नगरपालिकाले पर्यटन हबको रुपमा विकास गर्नेगरि काम समेत थालेको छ । प्राकृतिक रुपमा मनमोहक वाताबरण रहेको उक्त स्थानमा चियाको बगान तयार भएपछि पर्यटकको आकर्षण थप बढेर जाने भूमिकास्थान नगरप्रमुख झविलाल थापाले बताए ।
भूमिकास्थानलाई कृषि, पर्यटन उद्योग र ब्यापारको माध्यमबाट आर्थिक समृद्धि र आत्मनिर्भर पालिका बनाउने योजना अनुरुप व्यबसायिक चिया खेतीतर्फ लागेको नगरप्रमुख थापाले बताए ।

भुमिकास्थानमा गत बर्षदेखि सुरु भएको कर्मशिल जनशक्ति परिचालन मार्फत बाँझो जग्गामा व्यवसायिक कृषि, मकैको पोष्कर र थाकलको पातबाट निर्माण हुने टोपी, झोला र विद्यालयमा पढ्दै कमाउँदै रमाउँदै कार्यक्रमले हरेक नगरबासीलाई नैतिकवान र कर्मशिल बनाउदै लग्ने नगरप्रमुख थापाको विस्वाँस छ ।

युवाहरुले देशछोडे भन्ने चिन्ता गर्नु भन्दा पहिला स्वदेशमै बस्ने वातावरण बनाउन सबैपक्ष एक भएर लाग्नुपर्नेमा नगरप्रमुख थापाको जोड रहेको छ ।
स्थानियको जागरुकता र सामुहिक एकता देख्दा अर्घाखाँचीमै पहिलो चिया पकेट कार्यक्रमको रुपमा सेङलेङमा चिया खेती सफल हुनेमा आफु विस्वस्त रहेको भूमिकास्थानका कृषि शाखा प्रमुख राम बहादुर थापाको भनाई छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?