शेयर बजार ५३ अङ्कले बढेर २६ महिनायताकै उच्च विन्दुमा, ७ अर्ब ६२ करोड रुपैयाँको कारोबार

काठमाण्डाै । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ विन्दुमा पुगेको छ । शेयर बजार २६ महिनायताकै उच्च विन्दुमा पुगेकाे हाे । यसअघि २०७९ सालकाे वैशाख २५ गते शेयर बजार दुई हजार दुई सय ५६ दशमलव ५७ विन्दुमा पुगेको थियाे ।

आज बैंकिङ, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज रिडी पावर कम्पनी र माण्डु हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । जानकी फाइनान्स, हिमाल दोलखा हाइड्रो र अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर नाै प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज बलेफी हाइड्रोपावरको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई करोड ४७ लाख कित्ता शेयर सात अर्ब ६२ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै जानकी फाइनान्सको २४ करोड २७ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?