back to top
IPL 2025
IPL 2024
९ बैशाख २०८२, मंगलबार
९ बैशाख २०८२, मंगलबार
IPL 2025
spot_img

रास्वपा अर्घाखाँचीको बैठक सम्पन्न, हरेक वडामा पार्टी संगठन निर्माण गर्ने निर्णय

spot_img

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको जिल्ला समन्वय बैठक सदरमुकाम सन्धिखर्कमा आज सम्पन्न भएको छ ।

पार्टीका जिल्ला संयोजक हरिप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न बैठकले चार महिनाभित्र जिल्लाका सबै वडाहरूमा पार्टीको सङ्गठन निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकमा पालिका सभापति तथा वडा सभापतिहरुले चार महिनाको कार्यप्रगति प्रतिवेदन पेश गरेका थिए । उनीहरूले रास्वपाप्रतिको जनविश्वास जनतामा कायम रहेको भन्दै जनताको घरदैलोमा जानुपर्ने निष्कर्ष सुनाएको पार्टी स्रोतले जनाएको छ ।

वडा सभापति तथा पालिका सभापतिको रायको आधारमा नै आफूहरूले जनतामा जाने निर्णय गरेको जिल्ला संयोजक भुसालले बताए । “हरेक चार महिनामा पार्टीको जिल्ला समन्वय बैठक बस्छ” भुसालले भने “अर्को बैठकसम्म सबै वडाहरूमा तदर्थ समिति गठन गर्ने प्रयास रहन्छ ।”

रास्वपा अर्घाखाँचीले वडा समितिको बैठक हरेक महिनाको एकपटक, पालिका समितिको बैठक हरेक दुई महिनामा एकपटक, क्षेत्रीय समितिको बैठक हरेक तीन महिनामा एकपटक र जिल्ला स्तरीय बैठक हरेक चार महिनामा एकपटक बस्ने निर्णय यसअघि नै गरेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?