पाणिनीको मैदानमा विशेष शिवपूजनको आयोजना

अर्घाखाँची ।
वैदिक सनातन धर्मसेवा समाज अर्घाखाँचीले यही साउन १४ गते सोमबारका दिन पाणिनीको मैदानमा शिवपूजन लगायत विभिन्न धार्मिक कार्यक्रमहरु गर्ने भएको छ । पाणिनी-५ मैदानमा अवस्थित मनोकामना भगवतीको मन्दिरमा उक्त कार्यक्रम गर्न लागेको हो ।

हिन्दू सनातन धर्मावलम्बीहरूको अत्यन्त महत्वपूर्ण एवं पवित्र साउनको सोमबार पारेर कार्यक्रम को तयारी गरेको छ। उक्त कार्यक्रममा ५१ हजार विल्वपत्र शिवजीलाई अर्पण गरिने आयोजकले बताएको छ । त्यसैगरी गाईको दुधद्वारा शिवलिङ्गमा अखण्ड दुग्धधारा समेत लगाइने तयारी भएको बताइएको छ । उक्त कार्यक्रममा आफै कर्ता बन्नका लागि भक्तजनहरुलाई कम्तिमा १,१०० विल्वपत्र र त्यत्ति नै संख्यामा ११ सुते बत्ती ल्याउन समेत अनुरोध गरिएको छ ।

श्रावणको उक्त सोमबारलाई विशेष बनाउनका लागि गङ्गाको जल ल्याइ भगवान् शिवलाई अभिषेक गर्ने कार्यक्रम समेत तय गरिएको छ भने भजन कृतन पनि कार्यक्रमको मुख्य आकर्षक रहने जनाइएको छ । उक्त कार्यक्रममा सहभागी बन्नका लागि सम्पूर्ण सनातन धर्मावलम्बीहरुलाइ आग्रह गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?