back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

अर्घाखाँची : नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढि

spot_img

अर्घाखाँची । अर्घाखाँचीमा गत आर्थिक वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेको तुलनामा राहदानी बनाउने नागरीकको संख्या बढि देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार ६ जनाले नागरिकताको प्रमाणपत्र लिँदा ७ हजार ३६३ जनाले राहदानी बनाएका हुन्।

यो सङ्ख्या जिल्लाबाट राहदानी सिफारिस भई राहदानी जिल्लामा नै आइपुगेपछि वितरण भएकाहरूको हो । जिल्लाबाट राहदानी नबुझेर द्रुत रूपमा राहदानी लिनको लागि जिल्लाबाट सिफारिस लगेकाहरूको सङ्ख्या २४५ छ ।

यसरी सामान्य सिफारिस तर्फ ७ हजार २ सय ९९ जना र द्रुत सेवा सिफारिस तर्फ २ सय ४५  जनाको राहदानी जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेको छ । यो संख्यालाई समेत जोड्दा नागरिकता लिने भन्दा राहदानी लिनेको सङ्ख्या ५ सय ३८ ले बढी हुन्छ।

एक वर्षको अवधिमा दश हजार ८ सय ६१ वटा नागरिकताको प्रतिलिपि दिइएको, १८ वटा गैर आवासीय नागरिकता, ६ वटा वैवाहिक अङ्गीकृत नयाँ नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताए।

भिडियाे हेर्नुहाेस् :

https://www.facebook.com/share/v/c8dqM1u6SHUdW19d/

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?