पाणिनि : लक्ष्य अनुरूप राजस्व संकलन हुन सकेन, कर्मचारी अभाव र फितलो अनुगमन प्रमुख कारण

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ८८ लाख भन्दा धेरै राजस्व संकलन गरेको छ ।

गाउँपालिकाले २०८० श्रावण देखी २०८१ असार मसान्तसम्ममा ८८ लाख ३० हजार १७५ रुपैयाँ २९ पैसा राजस्व संकलन गरेको राजस्व शाखा तथा प्रशासा शाखा प्रमुख कमल न्यौपानेले जानकारी दिए । गाउँपालिकाले गत आर्थिक वर्षमा १ करोड ३१ लाख ६८ हजार ८ सय ३३ रुपैयाँ राज्स्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्य अनुसार भने राजस्व संकलन हुन सकेको छैन् । यो तथ्याङ्क अनुसार राजस्व संकलन लक्षयके ६७.०६ प्रतिशत मात्र भएको देखिन्छ ।

गाउँपालिकाले सम्पती कर, भूमिकर तथा मालपोत, वहाल कर, न्यायिक दस्तुर, नक्सापास, नाता प्रमाणित, सिफारिस, ब्यक्तीगत घटना दर्ता लगायतका २३ वटा शिर्षकमा राजस्व संकलन गर्ने गरेको छ । राजस्व संकलनको लक्ष्य निर्धारण गर्दा महत्वकांक्षी हुनु लक्ष्य प्राप्त गर्न नसक्नु एक कारण रहेको राजस्व शाखा तथा प्रशासा शाखा प्रमुख कमल न्यौपाने बताउछन् ।

यि बाहेक कार्यालयमा कर्मचारी प्रयाप्त नहुनुले पनि राजस्व संकलनमा बाधा पुगेको उनको भनाई रहेको छ । अनुगमन निरीक्षणको पाटो कमजोरहुनु, सबै ब्यवसायीलाई कर को दायरामा ल्याउन नसक्नु, राजस्व शाखा हेर्ने छुट्टै कर्मचारी नहुनु लक्ष्य अनुसारको राजस्व संकलन हुन नसक्नुका प्रमुख कारक रहेकाे न्याैपानेकाे भनाइ छ ।

गाउँपालिकाको प्रमुख राजस्वको श्रोत नदि जन्य पदार्थ रहेको छ । तर आवश्यक संयन्त्र नहुदा उक्त क्षेत्रबाट राजस्व संकलन गर्न सकिएको छैन् । राजस्व संकलन लक्ष्य अनुसार पुरा गर्न अनुगमन तथा नियमन आवश्यक देखिन्छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ३२ लाख २० हजार रुपैया राजस्व संकलनको लक्ष्य लिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?