अर्घा दरवारको पुनर्निमाण शुरु

अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल अर्घा दरवारको पुनर्निमाण कार्य शुरु भएको छ ।

बाइसे चौविसे राज्य अन्तर्गत पर्ने यस राज्यको दरवार पहिलेकै अबस्थामा रहने गरि पुरानो शैलीमा पुरातत्व विभागले निर्माण शुरु गरेको हो ।

पुरातत्व विभागको अन्वेषण र खोजीका आधारमा बाइसे चौविसे राज्य अन्तर्गत पर्ने राज्य कालको अवधिमा भएको डिजाइन र शैलीमानै निर्माण कार्य शुरु भएको दरवार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताएका छन् । यो दरवार तीनतले रहेको अनुसन्धानबाट पत्ता लागेको छ ।

दरवार निर्माण शुरु भएपछि अर्घा भगवती मन्दिरमा पर्यटकहरु पनि बढी आउने अपेक्षा रहेको मन्दिरका पुजारीको भनाइ छ ।

हाल यस मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ। सन्धिखर्क नगरपालिकाले अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको मूर्ति राखिएको सन्धिसर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको भनाइ छ ।

मुर्ति प्रतिस्थापन संगै मन्दिर तथा पौवा निर्माण गरिएको छ । दरवार तथा मन्दिर वरिपरि चिटिक्क पारिएको छ । लिच्छवी काल देखिनै दरबार तथा मन्दिरमा पुजाआजा हुदै आइहेको छ ।

लुम्बिनीमा आएका पर्यटकहरू तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकहरूलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति स्थापना गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए । सन्धिखर्क नगरपालिकाका पूर्व नगर प्रमुख कमलप्रसाद भुसालले उक्त मूर्ति स्थापना गर्न पहल गरेका हुन्।

गौतम बुद्धको जन्म स्थल लुम्बिनीसँगै गुल्मीको रेसुंगा र प्युठानको स्वर्गद्वाराीमा आएका पर्यटकहरूलाई अर्घा दरबारमा लैजाने उद्देश्यले मूर्ति स्थापना गरिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?