back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

अर्घाखाँचीमा नेपाली राजनीतिमा महिला सहभागीता विषयक अन्तरक्रिया

spot_img

अर्घाखाँची । नेपाल महिला संघ अर्घाखाँचीको आयोजनामा नेपाली राजनीतिमा महिला सहभागीता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

७७ औ नेपाल महिला संघ स्थापना दिवसको अवसरमा सन्धिखर्कको विपी स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णु प्रसाद खनाल (मुस्कान)ले महिलाहरुलाई राजनिति तथा अन्य क्षेत्रमा अगाडी बढाउनेमा नेपाली कांग्रेस पहिलो पाटी रहेको बताए ।

उनले राजनितिमा मात्र हैन्, सांसद र मन्त्री बनाउनेमा पनि कांग्रेसले पहिलो प्राथमिकतामा राखेर महिलाहरुको अवसर सृजना गरेको बताए । नेपाली कांग्रेसले महिलाहरुलाइ दिएको अवसरको प्रचारप्रसार गर्न नसकेको बताउँदै सबै तहमा महिलाको सम्मानजनक सहभागीता गराउने कांग्रेसको मुख्य लक्ष्य रहेको बताए ।

नेपाली कांग्रेस अर्घाखाँचीका पुर्व पाटी सभापति कमल प्रसाद भुसालले सबै क्षेत्रमा महिलाको सम्मानजनक प्रतिनिधित्व गराउन सबै लाग्नु पर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापति विष्णु प्रसाद भुसाल, बाबुराम पौडेल, जिल्ला सचिव कृष्ण प्रसाद खनाल, शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल, महाधिवेशन प्रतिनिधि लक्ष्मी श्रेष्ठ, कांग्रेस सन्धिखर्कका नगर सभापति बाबुराम भुसाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम छमा कार्कीको अध्यक्षता, चन्द्रा गैरेको स्वागत मन्तव्य र लक्ष्मी पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?